• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक, असार भित्र एकिकृत कारोवार शुरु हुने

  • वीरगंज संजाल
  • ३ असार २०८०, आईतवार १७:२२
  • २०८५

    वीरगंज । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई बीमा प्राधिकरणले मर्जरको लागि स्वीकृत दिएपछि एकिकृत कारोवार पछि प्रयोगमा ल्याइने लोगो आइतवार (आज) सार्वजनिक गरिएको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आज एक सयुक्त विज्ञप्ती मार्फत गर्दै दुवै कम्पनी मर्जर भएपछि एकिकृत कारोवार गर्दा प्रयोग गरिने लोगो सार्वजनिक गरिएको हो । असार महिना भित्रमा एकिकृत कारोवार शुरु गर्ने तयारी भइरहेको सन्दर्भमा दुवै कम्पनीको तर्फबाट साझा लोगो बनाई सार्वजनिक गरिएको हो । सयुक्त मर्जर समितिको निर्णय अनुसार दुवै कम्पनीको भावना प्रतिबिम्वित हुनेगरी लोगो तयार पारिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ रमेश कुमार भट्टराईले जानकारी दिनुभयो ।

    प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्ज भएर यसै आर्थिक वर्षभित्रै एकिकृत कारोबार सुरु गर्ने गरी दुवै कम्पनीले काम गरीसकेका छन् । यि दुई कम्पनीहरु मिलेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बन्दैछ । मर्जरका लागि नियामक निकाय बीमा प्राधिकरणले गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । अब केही दिन भित्रमा यि कम्पनीहरुले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् । महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सको देशभर १७६ शाखा कार्यालय छन् । बीमा कम्पनीले तोकेको ५ अर्व चुक्ता पूँजीको लागि एकिकृत कारोवार पछि ९० करोड बरावरको प्रिमियर मूल्यमा एफपिओ जारी गर्ने सहमती भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताउनु भयो ।

    अहिले महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका रमेशकुमार भट्टराई बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । बीमा कम्पनीहरुकै पहिलो नेपाली सीईओ समेत रहेका भट्टराईको सक्रियता आजका दिनमा पनि लोभलाग्दो छ । यी दुई कम्पनीहरुले मर्जर अगाडि पनि सबैको ध्यान खिच्ने काम गरिरहेका छन् । मर्जरको तयारीमा रहदै गर्दा नै दुई कम्पनीहरुले २०८० सालको संयुक्त क्यालेण्डर सार्वजनिक गरेका थिए । अर्को तर्फ मर्जर भएपछि धेरैको रोजगारी गुम्छ । प्रधान कार्यालयसहित शाखा कार्यालयहरु समेत मर्ज हुने हुँदा मर्जरले धेरैको रोजिरोटी नै खोजिने खतरा हुन्छ । अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुले कर्मचारी बिदा गर्न भिआरएस लगायतको अफर समेत गर्ने गरेका छन् । यि दुई कम्पनीले भने कर्मचारी बिदा गर्ने होइन बोरु नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । गत आइतबारमात्रै यि दुई कम्पनीले पूर्वदेखि सुदुरपश्चिमसम्मका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑