वीरगंज । वीरगन्ज महानगरपालिकाकाे न्यायिक समितिले आयोजना गरेकाे ३ दिने अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।महानगरपालिकाको सभाकक्षमा आयाेजित समापन कार्यक्रममा बाेल्दै उपमेयर एंव न्यायिक समितिका संयाेजक इम्तियाज आलमले कसैकाे दबाब , प्रभावमा नपरि कानुन अनुसार काम गर्न वडा कार्यालयका सचिवहरुलाई निर्देशन दिए ।न्यायिक समितिको काम र अधिकारबारे जानकारी पनि उनले गराए ।
समापन कार्यक्रममा न्यायिक समितीका सदस्य तथा वीरगन्ज ३ का वडा अध्यक्ष बैजु स्वर्णकारले न्यायिक समितीको काम कर्तव्य बारे बताए। उनले न्यायिक समितीले ३२ वटै वडाहरुबाट आउने विवादका उजुरी दर्ता गर्ने र निसा दिने अधिकार रहेको बताए ।त्यस्तै न्यायिक समितीले कुनै आवश्यक ठाने विवादित पक्षलाई बोलाइ बबयान लिने तथा लिखित जवाफ माग्ने सम्मको अधिकार रहेको पनि बताए।
न्यायिक समितिका संयाेजक आलमकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा समितिका सदस्य बैजुलाल स्वर्णकार , नेपाल बार एसोसिएसन पर्सा शाखाका अध्यक्ष कमल मोहन पोख्रेल लगायतकाे पनि उपस्थिति पत्रकार राहुल गुप्ताले जानकारी दिए।