• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज यातायातको सवारी र चालक अनुमति कार्यालय एकीकरणगरी एउटै बनाईयो

  • वीरगंज संजाल
  • ३ असार २०८०, आईतवार १६:२४
  • ३०५३

    वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षदेखि वीरगञ्जमा रहेका यातायात कार्यालय सवारी र सवारी चालक अनुमती पत्र कार्यालयलाई एकीकरण गरि यातायात व्यवस्था कार्यालय वीरगञ्जको रुपमा सञ्चालन गर्ने भएको छ । मधेस प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ को लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा अलग अलग प्रकृतिका दुवै कार्यालयलाई एउटै कार्यालयको रुपमा एकीकरण गरी यातायात व्यवस्था कार्यालयको नाउँबाट सेवा सञ्चालन गर्ने भएको हो । वीरगञ्जमा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप बढेको भन्दै ५ बर्ष अघि सरकारले यातायात कार्यालयलाई सवारी र चालक अनुमति पत्र वितरण कार्य अलग अलग कार्यालयको रुपमा गर्दैै आएको थियो ।

    मधेस सरकारले मधेसका ८ जिल्लामा यातायात व्यवस्था जिल्ला कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने भएको छ । सरकारले जारी गरेको बजेट बक्तब्यमा सवारी साधनको कर तथा नविकरण शुल्क उठाउनका लागि कार्यालय स्थापना गर्न लागिएको हो । मधेस सरकारले करदाताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्न र राजश्व संकलनलाई प्रभावकारी बनाउन ८ वटा जिल्लामा यातायात कार्यालय स्थापना गर्न लागेको हो । त्यसैगरी बाराको कलैया र सर्लाहीको मलंगवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिने भएको छ । वीरगञ्जमा हुने सवारी साधनको दर्ता, नविकरण र चालक अनुमति पत्र लिनका लागि कलैया र मलंगवामा समेत कार्यालय स्थापना गर्न लागिएको मधेस प्रदेश सरकारले जनाएको छ । यातायात सेवा केन्द्रलाई स्तरोन्नती गरी कार्यालयको रुपमा सेवा संचालन गरिने भएको छ । प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कठिन भएको स्थितीलाई ध्यानमा राख्दै आगामी आर्थिक बर्ष देखि सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड)को छपाई कार्य प्रदेश सरकारले नै गर्ने भएको छ ।

    सरकारले स्मार्ट कार्ड छपाईका लागि ३० करोड रकम विनियोजन गरेको छ । मधेस प्रदेशमा विद्युतिय सार्वजनिक सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारमा बजेट व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सवारी तथा यातायात व्यवस्था सम्वन्धि ऐन आगामी आर्थिक बर्ष देखि लागु गर्न संघीय सरकारसँग समन्वय गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्थ ऐन बमोजिम ट्राफिक प्रहरीले उठाउने जरिवाना बापतको रकम आगामी आर्थिक बर्ष देखि प्रदेश संचित कोषमा जम्मा गर्न संघीय सरकारसँग समन्वय गरिने भएको छ । अहिले सम्म ट्राफिक प्रहरीले उठाएको रकम संघीय सरकारको खातामा जम्मा हुदै आएको छ । सवारी साधन कर तर्फ आगामी आर्थिक बर्षमा कानुनले निर्धारण गरेको तौल भन्दा अधिक तौल ढुवानी गर्ने सवारी साधनलाई थप जरिवाना लगाउने व्यवस्था बजेटमा गरिएको छ । बाराको पथलैयाबाट सवारी रुट इजाजत जारी गर्ने व्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑