वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । त्यो वजेट आम जनताको लागी काम न लाग्ने मदेश प्रदेश सरकारका आसेपासे विगत कै वर्ष देखी लुट्ने सजिलो हुने तरिकाले ,प्रदेश सरकारको बजेट विगत झै बाँड्ने,चाट्ने र लुट्ने खालकै जस्तो देखिएको आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू साह ठम्याई रहेको छ।
आफ्नो अधिकारीक समाजिक सञ्जाल फेसबुक मार्फत विरोध जनाएका हुन्। प्रदेश सरकारले आज चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख रुपैयाँ (४१.३० प्रतिशत), पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख रुपैयाँ (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ २० करोड रुपैयाँ (०.४५ प्रतिशत) विनियोजन गरेको छ ।
l
यस्तो खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वमार्फत ४ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ११ अर्ब ३८ करोड १९ लाख रुपैयाँ, समानिकरण अनुदानबाट ७ अर्ब ४१ करोड ५० लाख रुपैयाँ, बचतबाट १२ अर्ब ९० करोड ११ लाख रुपैयाँ, विशेष अनुदान ४९ करोड रुपैयाँ, समपूरक अनुदान ९८ करोड रुपैयाँ, सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ गरी ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बेहोर्दा अपुग हुने २ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोरिने प्रदेश सरकारले बताएको छ ।