वीरगंज । नेपाल प्रेस युनियन रौतहट शाखाको अध्यक्षमा प्रिमेश शिवाकोटी सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न प्रेस युनियन राैतहट शाखाकाे छैठौं अधिवेशनबाट अध्यक्षमा शिवाकोटी सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले शिवाकोटीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिती नै सर्वसम्मत चयन गरेको हो ।
प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा शिवाकोटी,उपाध्यक्ष (खुल्ला) मा राजेश्वर पाण्डे र उपाध्यक्ष(समावेशी) मा दिपुकुमार मिश्र,सचिवमा सागर हुमगाई,सहसचिवमा रामप्रकाश चौधरी,कोषाध्यक्षमा लक्ष्मी बस्नेतलाई सर्वसम्मत चयन गरेकाे हाे ।
यस्तै सदस्यहरुमा राजेश पौडेल ,बिश्नु आचार्य,विवेकचौधरी,मोहम्मद मोजिबुल्लाह,मनोज यादव,माेहम्मद ओजिर आलम र प्रेम यादव पनि सर्वसम्मत चयन भएका छन् । अधिवेशनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिव पुरी,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,निवर्तमान जिल्ला अध्यक्ष यादबराज पुरीकोपनि उपस्थिति रहेको थियो ।