• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेश : छोराले गैर दलितको छोरी भगाएपछि आमाको अपहरण, दाईमाथि ज्यानै लिने आक्रमण

  • वीरगंज संजाल
  • १ असार २०८०, शुक्रबार १४:५६
  • १७८५

    वीरगंज । गैर दलितको छोरी भगाएको भन्दै सिरहामा केटाको आमाको अपहरण भएको घटना बाहिरिएको छ । सिरहाको मिर्चैया नगरपालिका १ बस्ने घुरण महराका श्रीमती ४५ वर्षीया राजकुमारी महराको गत मंगलबार सिरहाको बन्दीपुर स्थित भुल्केचोकबाट अपहरण भएको थियो । राजकुमारीलाई बुधबार राति साढे ८ बजे अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनको अपहरण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केटीकी आमासहित तीनजनालाई पक्राउ गरेको छ । अन्य ५ जना फरार छन् । पक्राउ पर्नेमा केटीकी आमा सिरहाको कर्जन्हा नगरपालिका १० का राजकुमार कापरकी श्रीमती ललिता कापर, स्थानीय मनोज कापर र सुवेल अंशारी रहेको डिएसपी वस्नेतले बताए । डिएसपी वस्नेतका अनुसार युवकका आमा राजकुमारी ट्याम्पुमा आफन्तसित धनुषाबाट आउँदै गरेको अवस्थामा थाहा पाएको मौका छोपी केटीकी आमा ललिलतासहित ८ जनाको समूहमा अपहरण गरेका थिए ।

    खोजतलासको क्रममा बुधबार राति राजकुमारीलाई लहानबाटै अपहरण मुक्त गराउन सफल भएको छ । उनलाई नियन्त्रणमा लिएकी ललितालाई त्यहीबाट नियन्त्रणमा लिइएको डिएसपी वस्नेतको भनाइ छ । फरार भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी वस्नेतले बताए । प्रेम सम्बन्धमा परेका राजकुमारीकी छोरा १९ वर्षीय कमलेश महरा र ललिताकी छोरी १८ वर्षीया नेहा कापर गत चैत २३ गते भागेका थिए । अपहरणमुक्त भएकी राजकुमारीका अनुसार आफूलाई उनीहरु अपहरण गरेर राति गाडीमा बसाएर भारत तिर लैजाँदै गरेको अवस्थामा एक प्रहरीले चेकजाँचको लागि रोकका थिए । त्यहाँ आफूलाई अपहरण गरेर लगेको गुहार उनले लगाएकी थिइन् । तर उनीहरुले आफ्नो सासु रहेको नाटक गर्दै उपचारको लागि लग्न लागेको र प्रहरीलाई केही रुपैयाँ दिएपछि रोकेनन् । अपहरणको क्रममा आफूमाथि कुटपिट र यातना दिएको राजकुमारीले बताइन् ।

    सिलसिलेवार घटना, तर प्रहरी मुकदर्शक

    तल्लो जातको केटाले आफ्नो छोरी भगाएको निहुमा केटी पक्षले केटाको घरपरिवारमाथि सृंखलावद्धरुपमा घटना गर्दै आएका छन् । केटीकी बुबा राजकुमार, आमा ललिताले कहाँ भगाएको भन्न दबाब दिँदै केटाको परिवारमाथि कुटपिट तथा यातना दिँदै आएका छन् । केटा केटी भागेको समय नै केटीको घरपरिवारले केटाको आमा राजकुमारीमाथि निर्घात कुटपिट गरेका थिए । प्रहरीलाई जानकारी भएपछि केहीदिन सुरक्षा दियो । तर कुटपिट गर्नेमाथि केही कारबाही भएन । त्यसपछि पुनः केटीका बुवा राजकुमार र आमा ललितासहितले केटाको दाइ पर्ने काका रामअशिष महराका छोरा २५ वर्षीय रुपेश महरालाई ‘तैले नै भगाएको’ निहुमा दाहिने खुट्टा र टाउको फुट्ने गरी ज्यानै लिने गरी आक्रमण गरे । गम्भीर घाइते रुपेशको बिराटनगरको न्युरो र काठमाडौंको मेडिसिटीसम्म उपचार गराएर केही दिनअघि मात्र घर फर्केका छन् । अहिले उनको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । ज्यानै लिने गरी भएको कुटपिटमा केटीकी आमा राजकुमार र ललिलतामाथि मिर्चैया प्रहरीमा रुपेशका परिवारले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका छन् । तर राजनीतिक पहुँचको कारण प्रहरीले उनीहरुलाई पक्राउ नगरेको र मनोवल बढ्दै जाँदा एकपछि अर्को घटनासमेत घटाएको पीडित परिवारको आरोप छ । केटीको अमालाई अपहरण घटनापछि मात्रै प्रहरीले पक्राउ गरेको छ । केटीका बुबा अझै खुलेआम घुमिरहेको पीडित परिवार बताउँछन् । यता डिएसपी वस्नेतले आफू २५ दिन अघिदेखि मात्र जिम्मेवारीमा रहेकाले अपराधीहरु खोजेर पक्राउ गर्ने प्रयासमा लागेको बताए । अपहरण घटनामा केटीकी आमासहित आठजनाविरुद्ध किटानी जाहेरी आजै मिर्चैया प्रहरीमा दर्ता भएको डिएसपी वस्नेतले जानकारी दिए । स्थानीयका अनुसार केटी पक्षलाई स्थानीय जनप्रतिनिधि र राजनीतिकर्मीले अझै संरक्षण दिएर उन्मुक्तिदिने प्रयास गरिरहेका छन् । अहिलेसम्म केटाकेटी फेला परेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑