वीरगंज । रुषा थापा । दुई वर्षअघिसम्म जो कोही खुशी देखिन्थे । परिवारमा पनि सुख, शान्ति नै थियो । तर, अहिले यसको ठ्याक्कै उल्टो भएको छ । जो कोही निराश देखिन्छन् । कसैको परिवारमा खुशीयाली वा सुख र शान्ति छैन । उल्टै परिवारमा झैझगडा हुन थालेको छ । मुनमुटाव सिर्जना भएको छ । बजारमा खाद्यान्नलगायत अन्य वस्तुको मूल्य प्रत्येक दिन बढेको छ । तर, काम गर्ने ठाउँमा वर्षो दिनदेखि तलब बढेको छैन । अरु त कुरै छोडौं पाउनुपर्ने तलब समेत एक वर्षदेखि पाएको छैन । यता घरधनीले घर भाडा बढाएको बढ्यै छ । तर, काम गर्ने ठाउँमा न तलब दिन्छ न काम नै राख्छ । अहिले अधिंकाश संघसंस्था, पसललगायतले पारिश्रमिक नै नदिई कामदारलाई निकालिरहेका छन् । जसले गर्दा बेरोजगारीको संख्या हवात्तै बढेको छ । त्यसैगरी, पछिल्लो समय बजारमा हजार र पाँच सयको नोट पाउनै मुस्किल भएको छ । कोही त पाँच महिनादेखि आफुले हजारको नोट नदेखेको समेत बताउँछन् । उता सहकारीले पनि वाक्कदिक्क नै बनाएको छ । ३५ हजार बढी सहकारीमा करोडौं बचतकर्ताले जम्मा गरेको खर्बो रकम डुबेको छ । यसले अधिंकाश बचतकर्ता रुनु कि हाँस्नु या मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । कतिपय त यँही टेन्सनका कारण दिनभर रक्सी खान्छन् त कति अस्पतालमा भर्ना हुन पुगेका छन् । तर, सहकारीले दिएको यो दुःख ठिक नहुदैँ बचतकर्ताहरुमाथि अर्को दुःखको भार थपिएको छ । अहिले बैंकले समेत बचतकर्ताको रकम फिर्ता गर्न छोडेको छ । बजारमा घरजग्गा, गाडी र सेयरको कारोबार ठप्प छ । तीन वर्षदेखि करोडमा किनेको घरजग्गा अहिले लाखमा बिक्री हुदैँन भनिन्छ । त्यस्तै, ३२ सय कित्तामा किनेको सेयर सय रुपैयाँमा बिक्री हुदैँन त २० लाखमा किनेको सवारीसाधन पाँच लाखमा बिक्दैँन । यसरी बजारमा पूरै मन्दी हुँदा पनि सरकारलाइै केही मतलब छैन । अहिले व्यापारीहरु भन्छन्, ‘पसल खोल्नु मात्र छ । केही काँही त बहनी पनि हुदैँन ।’पछिल्लो समय बजारमा बुझ्रदा ९८ प्रतिशत मानिसले आफ्नो घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थामा धितो राखेर कर्जा लिएका छन् ।
तर, अहिले बजारमा यी क्षेत्रमा व्यापक मन्दी छ । यसले गर्दा ऋण त डुब्ने अवस्थामा पुगे नै तर बैंक पनि सहकारीझैं भाग्ने अवस्थामा आइपुगेका छन् । अहिले बैंक टाट पल्टिने अवस्थामा पुगेको कुरा सर्वसाधारणले थाहा पाएपछि बैंकका बचतकर्ताहरु धमाधम आफ्नो बचत निकालिरहेका छन् । नेपालका नाम चलेका बैंकहरु डुब्ने अवस्थामा पुगेको जानकारहरु बताउँछन् । सहकारी डुब्दा वा भाग्दा बचतकर्ताहरु एकाएक करोडपतिबाट सडकपति हुन पुगे । अब बैंक डुब्दा यहाँ कति बचतकर्ताको कन्तबिजोग होला ? अहिले जो कोहीले बैंक डुब्ने अवस्थामा पुगेको थाहा पाइसकेका छन् । किनकि बैंक तथा वित्तिय संस्थाको अधिंकाश कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ । जुनमा अहिले मन्दी छाएको छ । अहिले घरजग्गा, गाडी र सेयर बेच्ने यत्तिकै छन् त किन्ने कोही छैन । हिजो बैंकबाट सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीले ३२ सय कित्तामा बेचे । यता रोपनीको लाख रुपैयाँमा बिक्री नहुने जमिन जग्गा दलालीहरुले खण्डीकरण गरेर आनाकै करोडमा बेचे । त्यस्तै, पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलाम भारतद्धारा गाडी बनाई नेपाललाई लाखदेखि करोड रुपैयाँसम्ममा बेचियो । हामी सर्वसाधारण पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुको साटो दलालीको लहैलहैमा लागेर आफ्नो सम्पूर्ण लगानी यीनै क्षेत्रमा गप्यौं । साथै, दलालीले जति मूल्य भन्यो, त्यति नै खुशी खुशी भएर तिरौं । अनि यसमा हाम्रो गल्ती कि सरकारको ? सरकारले हिजो पनि घरजग्गा, गाडी र सेयरको मूल्य तोकि नै दिएको थियो र आज पनि तोकिएको नै छ । हामी नै हौं जसले छिटै नाफा कमाउनका लागि दलालीको पछि लागेर यी क्षेत्रमा आफ्नो सम्पूर्ण लगानी गप्यौं । तर, अहिले डुबेपछि सम्पूर्ण दोष सरकारलाई दियौं । बजारको पछिल्लो अवस्थाअनुसार घरजग्गा सात दशकअघिको मूल्यमा आएको छ । यसरी घरजग्गाको कारोबारमा पूरै मन्दी आउनुको प्रमुख कारण नै मानिससँग पैसा नहुनु हो । यता भएकाले पनि लुकाएका छन् । अहिले बजारमा जताततै सटर, फल्याट, कोठा खाली छ वा घरजग्गा बिक्रीमा छ भनेर लेखिएको पोस्टरहरु देखिन्छन् । घरधनीहरुले ठाउँअनुसार एउटा सटरको ५० हजारदेखि ९ लाख रुपैयाँसम्म लिन्थे । यता एक फल्याटको २५ हजारदेखि २ लाख रुपैयाँसम्म लिन्थे त एउटा कोठाको ४ हजारदेखि १३ हजार रुपैयाँसम्म लिन्थे । तर, अहिले उनीहरुको पनि आम्दानीमा मन्दी आएको छ । मुलुकभर ६० प्रतिशत सटर, कोठा, फल्याट खाली भइसकेका छन् । यता ४० प्रतिशत पनि भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यसले कतिले रातारात आफ्नो सामान बोकेर फरार भएका छन् त कति घरधनीलाई नै आफ्नो सामानको जिम्मा लगाएर हिडेँका छन् ।
सर्वसाधारण जनता अहिले पनि सरकारसमक्ष पाँच सय र हजारको नोट प्रतिबन्ध गर्नुपर्ने माग राख्छन् । उनीहरु सरकारले यो उपायअवलम्बन गरे मात्र बजारमा आएको मन्दी केही हदसम्म कम हुने बताउँछन् । तर, राष्ट्र बैंक र अर्थ मन्त्रालयले यो निर्णय गर्दैन । अहिले बजारमा कारण सबै व्यापारव्यवसायी डुबिसकेको कुरा सरकार अनदेखा गरिरहेको छ । यसबाटै सरकार जनताप्रति कति जिम्मेवार रहेको सजिलै अनुमान लगाउन सकिन्छ । केही दिनअघि राजधानीको माइतीघर मण्डलामा सहकारीबाट पीडित भएका बचतकर्ताहरुले निरन्तर आन्दोलन गरिरहेका थिए । सोही क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि त्यहाँ पुगेकोमा उनले सरकारले सहकारीमा रकम राख्न नभनेको र बचतकर्ता आफैँले ब्याजको प्रलोभनमा बचत गरेको बताए । सरकारले नै हिजो सहकारी खोल्न लाइसेन्स दिएको हो । तर, सहकारीले बचतकर्ताको रकम फिर्ता नगर्दा अहिले सरकार पन्छिएको छ । यस वर्ष बर्खा लागेपनि पानी परेको छैन । गर्मी निकै बढेको छ । खडेरीका कारण बालीनाली सबै नष्ट भएका छन् । जसले गर्दा अब खाद्यान्नको संकट निम्तिने विज्ञहरु बताउँछन् । तर, अहिले पनि सरकारले भोकमारीको समस्या आउन नदिन के गर्ने र विदेशी ऋणकसरी मिनाहा गर्ने? भनेर सोचेको छैन । एउटा ट्रक ड्राइभर बन्न सक्ने क्षमता नभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनताले देश चलाउने ठाउँमा पुप्याएपछि जनताले कसरी सुख पाउँछन् ? कसरी विदेशी ऋण मिनाहा हुन्छ ? सरकारी कर्मचारी जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा उपभोग गरेर सुकिलामुकिला हुन्छन् । तर, जनताको काम गर्दैनन् । उनीहरु सर्पले माछा खान बसेझैं घुस खान पल्किएका हुन्छन् । अनि कसरी जनताले सेवासुविधा पाउँछन् त मुलुकको विकास हुन्छ । पछिल्लो समय सर्वसाधारण जनताले राज्यलाई राजस्व तिर्न छोडिसकेका छन् । जनता बेरोजगार छन् । आम्दानीको स्रोत छैन । अनि कर कसरी तिर्नु ? यता सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । जसले गर्दा विदेशी ऋण बढेको बढ्यै छ । अहिले कर तिर्ने र विदेशी ऋण आफ्नो टाउकोमा बोक्ने जनता निराश छन् । तर, यीनै जनताले तिरेको करबाट तलबभत्ता खाने, सेवासुविधा लिने र विदेशी ऋण बोकाउने खुशीले गदगद छन् । बुढोपाकाले भन्थे, ‘काम साँच्यो आफुलाई खाना साँच्यो अरुलाई ।’यसरी नै अहिले जनताले तिरेको करमा सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुले मोजमस्ती गरे तर जनताकै टाउकोमा ऋणको भारी पनि बोकाइदिए । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका ऋणी र व्यापार व्यवसायीले आत्महत्या गरेको पनि ज्वलन्त उदाहरण छन् । सर्वसाधारण जनता अहिले मुलुकमा सरकार नभएको दाबी गर्छन् । यदि सरकार भएको भए यस्तो अवस्था नआउने उनीहरुको ठम्याई छ । किनकि सरकार भनेको जनता र राष्ट्रको हितमा काम गर्ने जिम्मेवार संस्था हो । तर, यहाँ त जनताको जीवनस्तर उम्काउने भन्दा पनि उनीहरुलाई कसरी डुबाउने भन्नेतिर सरकार लागिपरेको छ । अहिले भएका राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले मुलुक बचाउन सक्दैँन । त्यसैले, अब देश जोगाउन कि त कुनै महिलाको कोखमा देशप्रेमी हुर्किनुपर्छ होइन भने नेपाली जनता विदेशीसामु झुक्न बाध्य हुनुपर्छ ।