• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राजनीतिक दलहरुले मुलुक जोगाउन सक्लान् ?

  • वीरगंज संजाल
  • Jun 16, 2023, 2:34 pm
  • १०४५

    वीरगंज । रुषा थापा । दुई वर्षअघिसम्म जो कोही खुशी देखिन्थे । परिवारमा पनि सुख, शान्ति नै थियो । तर, अहिले यसको ठ्याक्कै उल्टो भएको छ । जो कोही निराश देखिन्छन् । कसैको परिवारमा खुशीयाली वा सुख र शान्ति छैन । उल्टै परिवारमा झैझगडा हुन थालेको छ । मुनमुटाव सिर्जना भएको छ । बजारमा खाद्यान्नलगायत अन्य वस्तुको मूल्य प्रत्येक दिन बढेको छ । तर, काम गर्ने ठाउँमा वर्षो दिनदेखि तलब बढेको छैन । अरु त कुरै छोडौं पाउनुपर्ने तलब समेत एक वर्षदेखि पाएको छैन । यता घरधनीले घर भाडा बढाएको बढ्यै छ । तर, काम गर्ने ठाउँमा न तलब दिन्छ न काम नै राख्छ । अहिले अधिंकाश संघसंस्था, पसललगायतले पारिश्रमिक नै नदिई कामदारलाई निकालिरहेका छन् । जसले गर्दा बेरोजगारीको संख्या हवात्तै बढेको छ । त्यसैगरी, पछिल्लो समय बजारमा हजार र पाँच सयको नोट पाउनै मुस्किल भएको छ । कोही त पाँच महिनादेखि आफुले हजारको नोट नदेखेको समेत बताउँछन् । उता सहकारीले पनि वाक्कदिक्क नै बनाएको छ । ३५ हजार बढी सहकारीमा करोडौं बचतकर्ताले जम्मा गरेको खर्बो रकम डुबेको छ । यसले अधिंकाश बचतकर्ता रुनु कि हाँस्नु या मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । कतिपय त यँही टेन्सनका कारण दिनभर रक्सी खान्छन् त कति अस्पतालमा भर्ना हुन पुगेका छन् । तर, सहकारीले दिएको यो दुःख ठिक नहुदैँ बचतकर्ताहरुमाथि अर्को दुःखको भार थपिएको छ । अहिले बैंकले समेत बचतकर्ताको रकम फिर्ता गर्न छोडेको छ । बजारमा घरजग्गा, गाडी र सेयरको कारोबार ठप्प छ । तीन वर्षदेखि करोडमा किनेको घरजग्गा अहिले लाखमा बिक्री हुदैँन भनिन्छ । त्यस्तै, ३२ सय कित्तामा किनेको सेयर सय रुपैयाँमा बिक्री हुदैँन त २० लाखमा किनेको सवारीसाधन पाँच लाखमा बिक्दैँन । यसरी बजारमा पूरै मन्दी हुँदा पनि सरकारलाइै केही मतलब छैन । अहिले व्यापारीहरु भन्छन्, ‘पसल खोल्नु मात्र छ । केही काँही त बहनी पनि हुदैँन ।’पछिल्लो समय बजारमा बुझ्रदा ९८ प्रतिशत मानिसले आफ्नो घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थामा धितो राखेर कर्जा लिएका छन् ।

    तर, अहिले बजारमा यी क्षेत्रमा व्यापक मन्दी छ । यसले गर्दा ऋण त डुब्ने अवस्थामा पुगे नै तर बैंक पनि सहकारीझैं भाग्ने अवस्थामा आइपुगेका छन् । अहिले बैंक टाट पल्टिने अवस्थामा पुगेको कुरा सर्वसाधारणले थाहा पाएपछि बैंकका बचतकर्ताहरु धमाधम आफ्नो बचत निकालिरहेका छन् । नेपालका नाम चलेका बैंकहरु डुब्ने अवस्थामा पुगेको जानकारहरु बताउँछन् । सहकारी डुब्दा वा भाग्दा बचतकर्ताहरु एकाएक करोडपतिबाट सडकपति हुन पुगे । अब बैंक डुब्दा यहाँ कति बचतकर्ताको कन्तबिजोग होला ? अहिले जो कोहीले बैंक डुब्ने अवस्थामा पुगेको थाहा पाइसकेका छन् । किनकि बैंक तथा वित्तिय संस्थाको अधिंकाश कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ । जुनमा अहिले मन्दी छाएको छ । अहिले घरजग्गा, गाडी र सेयर बेच्ने यत्तिकै छन् त किन्ने कोही छैन । हिजो बैंकबाट सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीले ३२ सय कित्तामा बेचे । यता रोपनीको लाख रुपैयाँमा बिक्री नहुने जमिन जग्गा दलालीहरुले खण्डीकरण गरेर आनाकै करोडमा बेचे । त्यस्तै, पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलाम भारतद्धारा गाडी बनाई नेपाललाई लाखदेखि करोड रुपैयाँसम्ममा बेचियो । हामी सर्वसाधारण पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुको साटो दलालीको लहैलहैमा लागेर आफ्नो सम्पूर्ण लगानी यीनै क्षेत्रमा गप्यौं । साथै, दलालीले जति मूल्य भन्यो, त्यति नै खुशी खुशी भएर तिरौं । अनि यसमा हाम्रो गल्ती कि सरकारको ? सरकारले हिजो पनि घरजग्गा, गाडी र सेयरको मूल्य तोकि नै दिएको थियो र आज पनि तोकिएको नै छ । हामी नै हौं जसले छिटै नाफा कमाउनका लागि दलालीको पछि लागेर यी क्षेत्रमा आफ्नो सम्पूर्ण लगानी गप्यौं । तर, अहिले डुबेपछि सम्पूर्ण दोष सरकारलाई दियौं । बजारको पछिल्लो अवस्थाअनुसार घरजग्गा सात दशकअघिको मूल्यमा आएको छ । यसरी घरजग्गाको कारोबारमा पूरै मन्दी आउनुको प्रमुख कारण नै मानिससँग पैसा नहुनु हो । यता भएकाले पनि लुकाएका छन् । अहिले बजारमा जताततै सटर, फल्याट, कोठा खाली छ वा घरजग्गा बिक्रीमा छ भनेर लेखिएको पोस्टरहरु देखिन्छन् । घरधनीहरुले ठाउँअनुसार एउटा सटरको ५० हजारदेखि ९ लाख रुपैयाँसम्म लिन्थे । यता एक फल्याटको २५ हजारदेखि २ लाख रुपैयाँसम्म लिन्थे त एउटा कोठाको ४ हजारदेखि १३ हजार रुपैयाँसम्म लिन्थे । तर, अहिले उनीहरुको पनि आम्दानीमा मन्दी आएको छ । मुलुकभर ६० प्रतिशत सटर, कोठा, फल्याट खाली भइसकेका छन् । यता ४० प्रतिशत पनि भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यसले कतिले रातारात आफ्नो सामान बोकेर फरार भएका छन् त कति घरधनीलाई नै आफ्नो सामानको जिम्मा लगाएर हिडेँका छन् ।

    सर्वसाधारण जनता अहिले पनि सरकारसमक्ष पाँच सय र हजारको नोट प्रतिबन्ध गर्नुपर्ने माग राख्छन् । उनीहरु सरकारले यो उपायअवलम्बन गरे मात्र बजारमा आएको मन्दी केही हदसम्म कम हुने बताउँछन् । तर, राष्ट्र बैंक र अर्थ मन्त्रालयले यो निर्णय गर्दैन । अहिले बजारमा कारण सबै व्यापारव्यवसायी डुबिसकेको कुरा सरकार अनदेखा गरिरहेको छ । यसबाटै सरकार जनताप्रति कति जिम्मेवार रहेको सजिलै अनुमान लगाउन सकिन्छ । केही दिनअघि राजधानीको माइतीघर मण्डलामा सहकारीबाट पीडित भएका बचतकर्ताहरुले निरन्तर आन्दोलन गरिरहेका थिए । सोही क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि त्यहाँ पुगेकोमा उनले सरकारले सहकारीमा रकम राख्न नभनेको र बचतकर्ता आफैँले ब्याजको प्रलोभनमा बचत गरेको बताए । सरकारले नै हिजो सहकारी खोल्न लाइसेन्स दिएको हो । तर, सहकारीले बचतकर्ताको रकम फिर्ता नगर्दा अहिले सरकार पन्छिएको छ । यस वर्ष बर्खा लागेपनि पानी परेको छैन । गर्मी निकै बढेको छ । खडेरीका कारण बालीनाली सबै नष्ट भएका छन् । जसले गर्दा अब खाद्यान्नको संकट निम्तिने विज्ञहरु बताउँछन् । तर, अहिले पनि सरकारले भोकमारीको समस्या आउन नदिन के गर्ने र विदेशी ऋणकसरी मिनाहा गर्ने? भनेर सोचेको छैन । एउटा ट्रक ड्राइभर बन्न सक्ने क्षमता नभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनताले देश चलाउने ठाउँमा पुप्याएपछि जनताले कसरी सुख पाउँछन् ? कसरी विदेशी ऋण मिनाहा हुन्छ ? सरकारी कर्मचारी जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा उपभोग गरेर सुकिलामुकिला हुन्छन् । तर, जनताको काम गर्दैनन् । उनीहरु सर्पले माछा खान बसेझैं घुस खान पल्किएका हुन्छन् । अनि कसरी जनताले सेवासुविधा पाउँछन् त मुलुकको विकास हुन्छ । पछिल्लो समय सर्वसाधारण जनताले राज्यलाई राजस्व तिर्न छोडिसकेका छन् । जनता बेरोजगार छन् । आम्दानीको स्रोत छैन । अनि कर कसरी तिर्नु ? यता सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । जसले गर्दा विदेशी ऋण बढेको बढ्यै छ । अहिले कर तिर्ने र विदेशी ऋण आफ्नो टाउकोमा बोक्ने जनता निराश छन् । तर, यीनै जनताले तिरेको करबाट तलबभत्ता खाने, सेवासुविधा लिने र विदेशी ऋण बोकाउने खुशीले गदगद छन् । बुढोपाकाले भन्थे, ‘काम साँच्यो आफुलाई खाना साँच्यो अरुलाई ।’यसरी नै अहिले जनताले तिरेको करमा सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुले मोजमस्ती गरे तर जनताकै टाउकोमा ऋणको भारी पनि बोकाइदिए । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका ऋणी र व्यापार व्यवसायीले आत्महत्या गरेको पनि ज्वलन्त उदाहरण छन् । सर्वसाधारण जनता अहिले मुलुकमा सरकार नभएको दाबी गर्छन् । यदि सरकार भएको भए यस्तो अवस्था नआउने उनीहरुको ठम्याई छ । किनकि सरकार भनेको जनता र राष्ट्रको हितमा काम गर्ने जिम्मेवार संस्था हो । तर, यहाँ त जनताको जीवनस्तर उम्काउने भन्दा पनि उनीहरुलाई कसरी डुबाउने भन्नेतिर सरकार लागिपरेको छ । अहिले भएका राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले मुलुक बचाउन सक्दैँन । त्यसैले, अब देश जोगाउन कि त कुनै महिलाको कोखमा देशप्रेमी हुर्किनुपर्छ होइन भने नेपाली जनता विदेशीसामु झुक्न बाध्य हुनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑