अमेरिका ओरिगनमा ओशोलाई एउटा टिभी रिपोटरले अन्र्तवार्ताका क्रममा सोधे, तपाँई दिँउसो सधैं सुत्नुहुन्छ रे हैन ? आशोले वडो चित्तोकर्षक उत्तर दिए, हो नि म हरेक दिन ११ देखि २ बजे दिँउसो सुत्छु । किनभनें यसरी दिँउसो सुत्दा मैले एकदिनमा एउटा हैन दुईवटा बिहानी अनुभव गर्न पाँउदछु । पोर्टल्याण्डका रोजर केवल सिस्टमका नातन वुड ओशोको अन्र्तवार्ता लिँदै थिए, यिनले ओशोको दैनिक क्रियाकलाप र रुटीनका बारे प्रश्न सोधे ? दिन कसरी शुरु गर्नुहुन्छ ?
म अत्यन्त अल्छि छुँ –हाँस्दै म आफूले आफूलाई बुद्धत्व प्राप्तिका लागि अल्छी मान्छे या मार्गनिर्देशक भनी आँफैले उपहास गरिदिन्छु । म सुत्न पाँए भनें सुतेरै दिन बिताइदिन्छु तसर्थ बिहानै ६ बजे मलाई उठाइन्छ । उठेको १ घण्टा ३० मिनट त म आफ्नो बाथरुममा नुहाउँछु, मलाई नुहाउन अत्यन्त मजा लाग्छ । बाथरुम मलाई मन्दिर झैं लाग्दछ, मलाई बाथरुम यति प्यारो छ कि मेरो कक्षमा दुईवटा बाथरुम छन् किनभनें एउटामा केहि खराबी भएमा म अर्कोमा जान्छु । कुनै पनि हालतमा म बिहानको स्नान मिस गर्न चाहन्न । फरफ्यूमसंग मलाई एलर्जी भएकाले म हर्वल बबलको बाथ लिन्छु । मौका मिले मेरो बाथरुम हेर्नुहोला, त्यहाँ विश्वका सर्वाधिक राम्रा साबुन र स्याम्पुहरु राखिन्छ, कहिलेकाँही त मलाई कुन स्याम्पुले नुहाउने भनी निर्णय लिनै ५ मिनट लाग्छ ।
नुहाएपछि म ब्रेकफास्टका रुपमा एक ग्लास जुस खाएर २ घण्टा मर्निग वाकमा निस्कन्छु, त्यतिवेला आश्रमका सन्यासी र सन्यासीनीहरु पनि साथमा हुन्छन् । योगका गुरु पतन्जलीले पनि चेतनाको स्थितीलाई निन्द्रासंग निकट भनेर दाँजेर ब्याख्या गरेका छन् । पतन्जलीले चेतनाको यस केन्द्रलाई समाधि भनेंका छन् जस्को फरक के हो भनें मान्छे समाधिमा चेतनाले भरिएको हुन्छ जुन निन्द्रामा संभव छैन । बुद्ध, महाभिर र पतन्जलीले मैले पाएको एउटा कुरा मिस गरे, त्यो हो दिँउसोको निन्द्रा । ओशो हाँस्दछन् । धर्मलाई बिहान बिहानै उठ्ने कुरामा मात्र जोडिन पनि हुन्न, भारतमा मलाई धार्मिक मान्दछन् तर म धर्म भन्दा दर्शनलाई ल्याउन चाहन्छु । मेरो निन्द्रा मलाई यति प्यारो छ कि निन्द्रा त्यागेर बिहानै उठ्नुपर्ने हो भनें म यो धर्मको आवरण र ज्ञानको मार्ग नै छाड्न पनि तयार छु ।
जिवन सरल र चेतनापूर्ण हुन पर्दछ, बिहानको निन्द्रा नै सर्वाधिक गहिरो र आनन्दमयी हुने गर्दछ । यो कुरालाई बिज्ञानले पनि प्रमाणित गरेको छ, तापक्रम कम हुँदा हामीलाई गहिरो निन्द्रा लाग्दछ र बिहानको ३ बजेपछि ५ सम्म तापक्रम एक्कासी कम हुन्छ नत्र त बाँकी २२ घण्टा उस्तै समान त हुन नी । दिँउसो उठेपछि म ड्राइभमा निस्कन्छु, मेरा लागि सन्यासीनीहरुले राम्रो बाटो बनाइदिएका छन् । शायद म संसारको सबैभन्दा धनी र सबैभन्दा गरिब दुबै मान्छे हुँ, मसंग चाहिने सबैथोक छ तर फेरि यि केहिकुराहरु पनि मेरा हैनन ।
बेलायती साम्राज्यकी रानीले पनि निजी बाटोमा दाँया बाँया नगरी बिचमा गाडी चलाएर, बिना कुनै ट्राफिक तालको छेउबाट पहाडको टुप्पासम्म एक्लो बाटोमा एक घण्टा ३० मिनट गाडी चलाउने संरचना छैन तर मसंग त्यो संरचना छ । जापानी हाइकु मलाई निकै प्यारो छ, यसका अनुसार सुस्तरि र मौनताबिच केहि नगरिकन घाँस आफैं बढ्दछ र म पनि यसै अनुरुप ३ बजेपछि कुर्सिमा बस्दछु, घाँस जस्तै ।
मेरो घाँस हरियो छैन बरु यो ज्ञानको घाँस रातो छ जुन विश्वभरि बढिरहेको छ र म यहाँ केहि नगरि यहाँ बसेरै घाँस बढाँउदै त छु । त्यहाँ केहि घण्टा बसेपछि म बाथरुममा साँझको स्नानका लागि जान्छु, त्यसपछि म रात्रिकालिन खाना खान्छु र यहाँ आएर अन्र्तवार्ता र बचनहरु प्रवााह गर्दछु । ९ बजेर १५ मिनटसम्म म फिर्ता जान्छु र १ घण्टा ३० मिनट मेरो सेक्रेटरीसंग बस्दछु । त्यहाँ म पत्रहरुको उत्तर दिने र समसामहिक घटनाक्रमका बारेमा कुरा गर्दछु । राती ११ पछि मेरो विशेष मिठाई जुन भारतिय कुजिन हो त्यो नखाई म सुत्न सक्दिन । यो बंगाली मिठाई हो, यस्लाई रसगुल्ला भनिन्छ । पछिल्लो ३५ वर्षदेखि मेरो जिवन यस्तै छ, म दुईवटा दिनलाई तुलना गरेर बोर हुन चाहन्न । वर्षभरि मलाई एउटै परिकार खान दिएपनि मेरो गुनासो हुन्न किनभनें म तुलना गर्दिन । हिजोका कुरा गए र आजका कुरा न त्यहि उत्साह, चाहना, उत्कटताका साथ फेरि गर्न चाहन्छु ।