वीरगंज । राैतहट प्रहरीले बालक फेला पारी जिम्मा लगाएको छ । जिल्ला ताप्लेजुङ गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने वीर बहादुर तामाङको छोरा बुद्दिमान तामाङ भारत देशमा कामको सिलसिलामा गई विगत देखि सम्पर्क बिहिन भई हराईरहेका थिए ।
भारतकाे जिल्ला बाल संरक्षण इकाई सहरसाले साे बालकलाई फेला पारेको थियोे ।
जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला रौतहट गौर नगरपालिका २ महादेवपट्टि स्थित मानव आश्रम सेवा केन्द्रको सहकार्यमा बालकको आमा जिल्ला ताप्लेजुङ गौरादह न.पा. वडा नं.५ बस्ने इन्द्र कुमारी तानाङलाई आज मंगलबार जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।