काठमाडाैं | भारतको हरियाणामा आफ्नो दिदीको छोरीको बिहेमा एकाजनाली ५ क्विन्टल प्याज ‘गिफ्ट’ दिएका छन् । रोहातक जिल्लाको लखन माजरा गाउँमा बस्ने जगपाल राठी र जयपाल राठीले आफ्नो भान्जीको बिवाह समारोहमा ५ क्विन्टल प्याज दिएका थिए ।
प्रतिकेजी प्याजको मूल्य डेढ सय भारतीय रुपैयाँ भन्दा पनि माथि पुगेको छ । बिहेको भोज भतेरमा प्याजको कमी नहोस भनेर आफूले प्याज गिफ्ट गरेको उनले बताए । जब उनले प्याज दिने घोषणा गरे तब त्यहाँ उपस्थित सबै हाँसेका थिए । प्याजको मूल्य बढेपछि आजकल सलादमा पनि प्याज गायब भएको छ । Lokantar news