पर्सा । रामनिवास पटेल । पर्साकाे पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर १ गदियानी गाँउस्थित खेतबाट बुधबार प्रहरीले ठूलाे परिमाणमा लागू ओैषध गाँजा बरामद गरेकाे छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगाैलीबाट प्रहरी निरीक्षक रामराजा केशरीकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले २१ किलाे ९६०ग्राम गाँजा बरामद गरेकाे हाे ।
प्रनि केशरीका अनुसार, जंगलकाे बाटाे हुँदै गाँजा बाेकेर पैदल आईरहेका तीन जना व्याक्तिहरु प्रहरीकाे टाेली देख्ने बित्तिकै गाँजासहितकाे बाेरा र झाेला खेतमा फ्याकेर फरार भएका थिए ।
खेतमा फ्याँकिएकाे बाेरा र झाेला प्रहरीले खाेलेर हेर्दा गाँजाकाे धुलाे ९ किलाे ४२० ग्राम र तयारी गाँजा १२ किलाे ५४० ग्राम बरामद भएकाे प्रहरी निरीक्षक केशरीले बताए । गाँजा फ्याँकेर फरार भएका व्याक्तिहरुकाे परिचय खुल्न नसकेकाे भएपनि उनिहरुकाे खाेजी कार्य भईरहेकाे उनले जानकारी दिए ।