वीरगन्ज | नेपाल प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको पदस्थापन समारोह सम्पन्न भएको छ । मंगलबार वीरगन्जको क्लाशीक ब्यांकेटमा आयोजित समारोहमा प्रेस युनियन पर्साका नवनिर्वाचित अध्यक्ष विजय चौहान , उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान , सचिव इरफान अली सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचिन अधिकृत रामाशीष यादवले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका हन् । त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शीव लम्सालले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई फुलमाला लगाउनुका साथै गम्छा ओढाएर बधाई दिदै सफल कार्यकालको शुभकामनासमेत समेत दिए ।
समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका प्रेस युनियनका केन्द्रिय अध्यक्ष लम्सालले सरकारले लोककल्याणकारी विज्ञापन कटौती गरेर विज्ञापन बोर्डलाई दिने निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरे । उनले भने,‘ यदि सरकारले उक्त निर्णय सच्याएन भने देशभरका पत्रकारहरु सरकार विरुद्ध आन्द्योलनमा उत्रिन्छन् , त्यसको अगुवाई प्रेस युनियनले गर्छ । अध्यक्ष लम्सालले पर्सामा प्रेस युनियनले उर्जाशील नेतृत्व पाएको भन्दै जिल्लाका श्रमजिवी पत्रकारहरुको सिप र दक्षा अभिवृद्धिकालागि ४५ दिनभित्रै तालिम आयोजना गर्न निर्देशनपनि दिए। त्यसका लागि चाहिने श्रोतसाधन जुटाउन केन्द्रिय कार्यसमिति तयार रहेको पनि उनले बताए ।
निर्वाचन अधिकृत रामशीष यादवको अध्यक्षतामा भएको पदस्थापन समारोहलाई नेपाली काँग्रेसका जिल्ला उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक कुमार गुप्ता , प्रदेशसभा सदस्य श्याम पटेल , प्रेस युनियनका केन्द्रिय उपाध्यक्षद्वय अनिल कुमार कर्ण र नकुल अर्याल , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , केन्द्रिय सदस्य केसी लामिछाने , मधेस प्रदेश महासचिव एंव प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष श्याम बन्जारा , नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सन्जिव मिश्रा , नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव ,कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता , नेपाल प्रेस युनियनका केन्द्रिय सदस्यद्व निलिमा पौडेल र श्रीराम रायमाझी, निवर्तमान जिल्ला अध्यक्ष रामनारायण कुर्मी लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार माधुरी महत्तोले गरेकी थिइन् ।