• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    निन्द्रा किन लाग्दैन ? यसरी पाउनुहोस् गहिरो निन्द्रा !!

  • वीरगंज संजाल
  • May 19, 2023, 10:21 am
  • १३२९

    वीरगंज | अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निन्द्र पर्दैन, हाम्रो शरीर भद्दा हुन्छ । काम गर्न जाँगर चल्दैन । मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारीरिक तथा मानसिक जटिलता हो । यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ ।
    कति निदाउने ?

    एक रातमा कति समय निदाउने ? यसको जबाफ उमेर अनुसार केहि फरक हुन्छ । खासगरी बच्चाले अधिक समय सुत्नुपर्ने हुन्छ, तुलनात्मक रुपमा बयस्कले कम । अक्सर किशोर–किशोरी, युवा, बयस्क, बृद्धबृद्धाले औसत सातदेखि आठ घण्टा सुत्नुपर्ने बताइन्छ । यद्यपी सुत्ने अवधीले मात्र हुँदैन, त्यो कति गहिरो र मस्त थियो भन्ने कुरा मूख्य हो ।
    अनिन्द्रा के हो ?

    जब हामी मस्त निदाउन सक्दैनौं, जब हाम्रो निन्द्रा बिथोलिन्छ त्यही नै अनिन्द्रा हो । निन्द्रा पुरा नहुँदा शरीरलाई आरम मिल्नदैन । यसको नकारात्मक असर हाम्रो स्वास्थ्य र मस्तिष्कमा पर्छ । पर्याप्त निन्द्रा लिन नपाएमा हामीभित्र मानसिक तथा शारीरिक बिकारले डेरा जमाउँछ ।
    किन लाग्दैन निन्द्र ?
    – धेरैजसो मानसिक कारणले निन्द्रा विथोलिन्छ । मनमा कुरा खेलाउने बानीले निन्द्र पर्दैन ।
    – धेरै सोच्ने, मनमै तर्क वितर्क गर्ने, कुण्ठा, गुनासा, आवेग जस्ता मानसिक विकारले निन्द्रा बिथोलिन्छ ।
    – शारीरिक समस्याले पनि निन्द्रा लाग्दैन । कमजोरी वा कुनै पीडाको कारण मस्त सुत्न सकिदैन ।
    – धेरै उत्साहित हुँदा, धेरै थाकेको बेला पनि निन्द्रा लाग्दैन, यद्यपी यी क्षणिक समस्या हुन् ।

    कसरी लिने गहिरो निन्द्रा ?

    निदाउनका लागि औषधी सेवन गर्नु राम्रो विकल्प होइन । त्यसले नकारात्मक असर गर्छ । कतिले निदाउने बाहानामा मदिरा सेवन गर्छ, जो एकदमै नराम्रो अभ्यास हो । मस्त मातेपछि बेहोसीमा सुत्ने बानीले स्वास्थ्यमा थप ठूलो हानी गर्छ ।

    आफुलाई के कारणले निन्द्र लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ । कसैलाई चिन्ताले हुनसक्छ, कसैलाई शारीरिक कारणले । कसैलाई बाह्य वातावरणले पनि निन्द्र नलागेको हुनसक्छ । निन्द्रा नलाग्नुको कारण फेला परेपछि सोहि अनुसार निदानको उपाय खोज्न सकिन्छ । त्यसबाहेक अन्य केहि विधी छन्, जसले निदाउन सहयोग गर्छ ।

    १. राती सुत्ने समयलाई नियमित गरौं । संभव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

    २. ओछ्यानमा पुगेपछि छटपटी हुन्छ, मनमा कुरा खेलाउँछ भने मनपर्दो रेडियो कार्यक्रम सुन्न सकिन्छ । मोवाइलमा कुनै अडियो उपन्यास सुन्न सकिन्छ । यसले ध्यान एकाग्र हुन्छ र निन्द्रा लाग्छ । यद्यपी भिडियो हेर्ने, चर्को ध्वनी सुन्ने, फेसबुक चलाउने नगरौं, जसले एकाग्रता भंग गर्छ ।

    ३. कथा, उपन्यास पढ्ने अभ्यास छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

    ४. सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, अपमानति भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

    ५. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन ।

    ६. सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । १५ मिनेटजति ध्यान गर्नुहोस् । यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑