लैङगिक हिंसा विरूद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
वीरगंज संजाल
२४ मंसिर २०७६, मंगलवार २२:३३
७६५५
बिरगंज | सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा जिल्ला पर्सा वीरगंज महानगर पालिका वडा नं. १ स्थित रहेको श्री पण्डित रामदेनी तिवारी आधारभुत विधालय बजार छपकैयामा “लैङगिक हिंसा विरूद्धको १६ दिने कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री ग्यासुदिन ठकुराईको अध्यक्षतामा वडा नं. १ का वडा अध्यक्ष श्री मनोज कुमार गुप्ताको प्रमुख आतिथ्य र वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्रहरि
निरीक्षक श्री निर्मल पनेरूको प्रमुख प्रशिक्षणमा लैङगिक हिंसा र साईवर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा ६० जना विद्यार्थीहरुको सभागिता रहेको थियो ।
सो कार्यक्रममा बिधालयका प्रधानाध्यापक चन्देश कुमार चौहान , व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार पाण्डे , प्रहरि नायब निरीक्षक रबिन्द्र साह तुरहा , प्रहरि सहायक निरीक्षक कुलदिप कर्ण, शिक्षक भोला साह , सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष प्रेम कुमारी सिंह , प्रहरी हवल्दार देवेन्द्र पटेल , विधालयका शिक्षक, शिक्षिका, वि.व्य.स. राईजिङ्ग वीरगंज नेपाल लगायतकाको उपस्थिति रहेको थियो।