आज:
  • होमपेज / Breaking News

    सुनचाँदी बोकेर किन भारत जाँदै थिए केएल दुगडका लेखापाल ?

  • वीरगंज संजाल
  • २५ बैशाख २०८०, सोमबार १७:३२
  • १४७७

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले शुक्रबार दिउँसो केएल दुगडका लेखापाल विनोदकुमार मुरारकासहित तीन जनालाई ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित पक्राउ गर्‍यो । मुरारका ३२ वर्षदेखि दुगडको कम्पनीमा काम गर्दै आएका थिए । प्रहरीले मुरारकासहित उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका र चालक विराटनगर २ का ५२ वर्षीया विमल कामत पनि पक्राउ परेका छन् । मुरारकालाई त्यति धेरै सुन, चाँदी र भारतीय रकम साढे ७ लाख पक्राउ परेसँगै विभिन्न अड्कल बाजी भइरहेको छ । के मुरारका भारुको अवैध कारोबारी हुन् ? उनले सुनचाँदीको अवैध कारोबार गर्दै आएका थिए ? या उनले ‘हुण्डी’ का रूपमा त्यति धेरै सुनचाँदी र भारतीय नोट लिएर जाँदै थिए ? प्रहरीले अहिले यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरिरहेको छ ।

    प्रहरी स्रोतले दिएको जानकारी अनुसार अनुसन्धानका लागि उनको कलडिटेल माग गरिएको छ । कलडिटेलमा सुनचाँदी व्यापारी वा अवैध भारतीय नोट कारोबारीसँग पनि जोडिएका छन् कि छैनन् भन्ने विषयमा प्रष्ट हुने प्रदेश प्रहरी कार्यालय स्रोतले बताएको छ । प्रहरीले उनीमाथि शङ्का गर्ने केही आधारहरू भेटिए पनि अवैध कारोबार गरेको पुष्टि हुने कुनै पनि आधार फेला पारेको छैन । प्रहरी स्रोतका अनुसार मुरारका केएल दुगड कम्पनीका भरपर्दा लेखापाल हुन् । यद्यपि उनी सौखिन थिए । ‘उनको कमिजको बटन पनि सुनको थियो, कमिजको चेन पनि सुनकै थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘आफूले शरीरमा लगाएको कपडाकै चेन र बटन सुनको बनाएर अवैध तरिकाले भारत लैजाने गरेको हो कि भन्ने अनुसन्धान पनि प्रहरीले गरिरहेको छ । यद्यपि उनले आफ्नो सोखले यस्तो गरेको प्रहरीलाई बताएका छन् ।’

    उनको छोरा र बुहारी भारतको अहमदवादमा बस्छन् भने छोरी ज्वाइँ भारतको पूर्णियामा बस्छन् । आफूले जम्मा गरेको सुन, चाँदी तथा गरगहनाहरू छोरा र छोरीलाई भागबण्डा गर्दिन भारत लिएर गएको उनले प्रहरीलाई बयान दिएका छन् । अवैध साढे ७ लाख भारतीय रुपैयाँ भने स्वास्थ्य उपचारका लागि लगेको उनले बताएको प्रहरीले जनाएको छ । यद्यपि ठुला घरानाका लेखापालले बिल बिनाको सुनचाँदी तथा नेपालमा प्रतिबन्ध रहेको भारतीय नोट बोकेर किन हिँडे भन्ने विषय शङ्काकै घेरामा रहेको प्रहरीले जनाएको छ । नेपालमा २५ हजारसम्म १ सय दर भन्दा मुनीका भारतीय नोट बोक्न पाइन्छ । तर, १ सय बढी दरका नोटहरू नेपालमा अवैध छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनको विराटनगरस्थित पोखरिया स्कुल छेउमा भव्य घर छ । भारतीय नागरिक रहेका उनको नाममा घर कसरी आयो भन्ने विषय पनि खुलेको छैन । उनीसँग भारतको बिहारस्थित कटिहारको वडा नम्बर १७ को आधार कार्ड रहेको प्रहरीले जनाएको छ ।

    मोरङ प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार मुरारकाले संगठित तरिकाले सुन तस्करी र अवैध नोटको कारोबारी गर्ने गरेको पर्याप्त आधार नदेखिएपनि आफ्नो सम्पत्ति बिस्तारै भारत लगेको हो कि जस्तो देखिएको बताए । ‘मुरारका भारतीय हुन् । केएल दुगडको जागिरबाट रिटायर हुन लागेका थिए । बिस्तारै बिस्तारै आफ्ना सामान भारततिर लग्ने सोचले गरेको हुनसक्छ । कुनै कुनै सामानहरू छरछिमेकले लगिदिनु भनेर दिएर लान लागेको थियो कि जस्तो पनि देखिन्छ । सामान हेर्दा घरायसी गरगहनाहरू धेरै छन्,’ पोखरेलले भने, ‘उनी सम्पत्ति हुने नै मानिस हुन् । आफ्नो झिटीगुन्टा बोकेर भारत जान लागेको जस्तो देखिन्छ ।’ पोखरेलले काम छाडेर हिँड्दा ८–१० लाख रुपैयाँ त लिएर जसले पनि जानसक्ने बताए । ‘यसमा ठुलो इस्यु छ जस्तो देखिएको छैन । धेरै सुनका गहना भएको कारण उसले बिल भरपाई देखाउन नसकेपछि पक्राउ गरेको हो,’ पोखरेलले भने, ‘उसको नियत अहिले नै देखिएको छैन । अनुसन्धानबाट थप कुरा खुल्दै जाला ।’

    पक्राउ परेका तीनै जनालाई म्याद थप

    पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल मुरारकासहित तीन जनालाई राजस्व अनुसन्धान कार्यालयले ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले हिजै उच्च अदालत विराटनगरमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । पक्राउ परेका प्रतिवादीहरूको आजदेखि बयान लिने काम सुरु भएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । ‘बयान सकिएपछि धरौटी खुल्नेछ । बिगो बरावरको धरौटी खुल्छ,’ उनले भने, ‘राजस्वले तोकेको धरौटी बुझाउन नसके पुर्पक्षको लागि थुनामा जानेछन् ।’ उनीहरूको साथबाट प्रहरीले सुनको ठुलो बिस्कुट ३ थान ३० तोला, सानो बिस्कुट ६ तोला, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, ह्यालिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको थियो । यस्तै चाँदी १७१९ ग्राम ११ थान ढिक्का, ९२.८० ग्राम बुनिया, २६८.३२ ग्राम ७८ थान सिक्का, चार मुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिन्दूर राख्ने सिसी ५.४८ ग्रामको एक थान, थाल २४१४.०८ ग्रामको ६ थान, कचौरा थान–३९७.८४ ग्रामको ६ थान, चम्चा थान–३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, मड्की थान ३७.८८ ग्रामको एक थान डिनरसेट ढोंगा ४ थान बरामद गरेको छ । सुन र चाँदी प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थितबाट बरामद गरेको हो ।

    शुक्रबार दिउँसो विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (रिट) बाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको प्रहरी टोलीले शंकास्पद अवस्थामा विराटनगरबाट रानीतर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भेनलाई रोकेर चेकजाँच गर्ने क्रममा भेनमा लुकाइछिपाई राखेको अवस्थामा सुन र चाँदी बरामद गरेको हो । प्रहरीले भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि उनीहरूको साथबाट बरामद गरेको छ । बरामद गरिएको सामानको मूल्य करिब ९० लाख रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑