पर्सा।लिल्ला प्रहरी कार्यालय पर्साको मातहत वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ संकास्पद पैदल हिँडी आउदै गरेको अपरिचित व्यक्तिलाई रोकी कानूनी रीतपुर्याई जाँच गर्दा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्ताले पछाडि भिरेको निलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट-३६३ थान रु.२०० को नोट-१३ थान, रु.१०० दरको नोट-१४५ थान रू.५० दरको नोट-२८ थान गरी जम्मा रु.२,००,०००।– ( दुई लाख ) फेला परेको हुँदा उक्त रकम बरामद गरी निजलाई नियन्त्रणमा लिई मिति २०८०।०१।१९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको व्यहोरा सूचित गरिन्छ ।
साथैः मिति २०८०।०१।१८ गते राती २१:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त चेकिङ टोली चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ संकास्पद रूपमा हिडिँरहेका भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित नोट रु.२००० दरका नोट-२१ थान,
रू.५०० दरको नोट-६४४ थान रू.२०० दरको नोट-३३ थान रु.१०० दरको नोट-४५ थान र रू.५० दरको नोट-१४ थान गरी जम्मा भारतीय रू.३,७५,८००।– ( तिन लाख पचहत्तर हजार आठ सय ) फेला परेको हुँदा उक्त रकम बरामद गरी निजलाई नियन्त्रणमा लिई मिति २०८०।०१।१९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया बुझिएको छ।