• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘ह्याकरको हमलाबाट बच्न साइबर सुरक्षा फोर्स बनाउनुपर्छ’

  • वीरगंज संजाल
  • १९ बैशाख २०८०, मंगलवार १६:२५
  • १३४५

    विश्वले सूचना प्रविधिको क्षेत्रमा ठूल्ठूलो फड्को मारिरहँदा नेपालमा अवस्था कस्तो छ ?

    सुरु–सुरुमा एक ठाउँबाट अर्को ठाउँमा सूचना आदान प्रदान गर्नका लागि चिठीपत्रको भर पर्नुपर्थ्यो । यस्तै, विदेशमा भएका आफन्तसँग कुरा गर्न विदेश जाने अर्को मान्छेको पर्खाइमा बस्नुपर्थ्यो ।

    यस्तै, नेपालमा दमाहा बजाएर, नर्सिंहा फुकेर, कटुवाल प्रथाबाट सूचना आदान–प्रदान गर्ने प्रचलन थियो । यो स्थितिबाट रेडियो आएपछि केही सहज भयो । पछि क्षेत्रीय रेडियो खुलेर सबै क्षेत्रलाई समेट्न थाल्यो ।

    पछि टेलिभिजन पनि सुरु भयो र यसबाट सूचनाको आदान–प्रदान झनै राम्रो हुँदै गयो । यस्तै, सुरुसुरुमा टेलिफोन बुथ राखेर फोनमा कुराकानी गर्ने प्रचलन सुरु भयो ।

    सोही समयमा छोटकरीमा लेखेर म्यासेज पठाउने प्रचलन सुरु भयो, जसलाई आकाशवाणी भन्न थालियो । यो धेरै पछिसम्म प्रयोग भयो । त्यो अवस्थाबाट हामी अहिले यो अवस्थासम्म आइपुगेका छौँ । यति बेला सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण सूचना प्रविधिको अवस्था एकदमै विकसित भइसक्यो ।

    नेपालमा कम्प्युटर युगको सुरुवात कहिले भएको थियो ? अहिले कस्तो अवस्थामा छ ?

    नेपालमा २०२८ सालमा अमेरिकाबाट पहिलो पटक भाडामा कम्प्युटर ल्याइएको थियो । त्यसपछि, २०३८ सालमा बेलायतले पनि भाडामै कम्प्युटर दियो । तर, उनीहरुले यो कम्प्युटर फिर्ता लगेनन् । र, सरकारले यिनै कम्प्युटर प्रयोग गरेर २०३८ सालको जनगणना गरेको थियो ।

    २०४१ मा सिंहदरबारमा राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना भयो । केन्द्र स्थापना भएपछि सरकारले सर्वसाधारणलाई कम्प्युटरको तालिम दिन सुरु गर्‍यो र तालिम लिएकाहरूले काठमाडौँसहित देशका अन्य स्थानमा तालिम केन्द्र स्थापना गरे ।

    सन् १९९५ मा माइक्रोसफ्टले विन्डो–९५ लञ्च गर्‍यो, त्यसपछि कम्प्युटर युगमा क्रान्ति नै भयो । त्यो समयमा कलर मनिटर, हार्ड डिस्क, माइक्रोसफ्टलगायत एकसाथ आएका थिए ।

    नेपाल सरकारले प्रदान गर्ने सूचना प्रविधिको सेवामा पटक पटक प्रश्न उठ्दै आइरहेको छ । हाल सूचना प्रविधि क्षेत्रमा सेवा प्रवाहको अवस्था कस्तो छ ?

    नेपाल सरकारले ‘डिजिटल नेपाल’ अवधारणा अघि ल्याएको छ । सन् २००६ मा ई–गर्भनेन्स मास्टर प्लानसमेत बन्यो । विश्वले विद्युतीय शासनको अवधारण सुरु गरिसकेको अवस्थामा नेपालमा पनि त्यस्तै प्रयोग गर्न उक्त मास्टर प्लान बनेको थियो ।

    यससँगै, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा कम्प्युटरको प्रयोगलाई बढाइयो । कम्प्युटरको साथै सरकारी कागजपत्र इमेलमार्फत आदान–प्रदान गर्ने प्रचलनसमेत सुरु भयो र नेपालमा पहिलो पटक इमेल ल्याउने काम मर्कनटाइलले गर्‍यो ।

    विद्युतीय अभ्यासको कुराकानी गर्दा सबै सरकारी निकायमा कम्प्युटरको प्रयोग, डाटा भण्डारको रूपमा प्रयोग भएको देखिन्छ । अहिले कम्प्युटरको प्रयोग व्यापक रूपमा भइरहेको छ ।

    पछिल्लो समय केही स्थानीय तहको वडाबाहेक बहुसङ्ख्यक स्थानीय तहमा इन्टरनेट सहितको कम्प्युटर पुगेको छ । र, स्थानीय तहबाट प्रवाह गरिने सेवा इन्टरनेटमा आधारित भएर विद्युतीय माध्यमबाट भइरहेका छन् ।

    यति बेला विद्यालयहरूमा पनि कम्प्युटर माध्यमबाट पढाउने काम सुरु भइसकेको छ । यद्यपि, सबैको पहुँचमा इन्टरनेट, कम्प्युटरको उपलब्धता छैन । नेपालको आर्थिक अवस्था र भौगोलिक अवस्थाका कारण सबैको पहुँचमा कम्प्युटर र इन्टरनेट नपुगेको हो ।

    नेपालमा यति बेला अनलाइन माध्यमबाट सामान किन्ने–बेच्ने काम धेरै अघि बढिसकेको छ । पर्यटन क्षेत्रमा पनि विदेशी नागरिकले नेपालबारे जानकारी लिन इन्टरनेट र कम्प्युटरको प्रयोग गर्दै आइरहेका छन् भने विश्वको फिल्म क्षेत्रलाई लोभ्याउने कामसमेत नेपालले सुरु गरेको छ ।

    कृषि क्षेत्रमा पनि कम्प्युटर र सूचना प्रविधिलाई व्यापक रूपमा प्रयोग गरेर अघि बढ्न सकिन्छ । यो क्षेत्रमा अघि बढ्न इजरायलको सिको गर्न पनि सकिन्छ । उद्योग क्षेत्रमा सूचना प्रविधि र कम्प्युटरको प्रयोग व्यापक भइरहेकै छ ।

    सरकारी वेबसाइटहरूमा हमला भइरहेको समाचार बाहिरिइरहेका हुन्छन् । नेपालमा डाटा भण्डारण र यसको सुरक्षाको स्थिति कस्तो छ ?

    नेपाल डाटा उत्पादनको केन्द्र बनिरहेको छ । तीन तहको सरकार डाटा उत्पादनको कारखाना बन्यो । निजी रूपमा विकास गरिएका एपहरूले दिने सेवाका प्रकारसमेत डाटा उत्पादनका भण्डारण हुन् । ई–सेवा, दराज लगायतका प्लेटफर्ममा सिधै हाम्रो डाटा पुग्छ । यस्ता डाटा भण्डारण केन्द्र असङ्ख्य रूपमा खुलिरहेका छन् । लाखौं प्रयोगकर्ताको डाटा भण्डारण गरेर त्यसलाई सुरक्षित राख्नका लागि कम्पनीहरूमा आवश्यक जनशक्ति छ–छैन भनेर हेर्नुपर्छ ।

    नेपाल सरकारको डाटा सुरक्षाको स्थिति कस्तो छ ?

    नेपाल सरकार मातहतमा रहेका निकायहरूमा रहेका डाटा भण्डारण र सुरक्षाको अवस्था कमजोर रहेको विषय छताछुल्ल भइरहेको छ । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएको समाचारहरूले पनि यसलाई पुष्टि गर्छ ।

    यसलाई सुरक्षित बनाउन सरकारी निकायको पुनः संरचना गर्नुपर्ने हो भने गर्नुपर्‍यो । जनशक्ति अभाव भएको भए आवश्यकता अनुसारको जनशक्ति राख्नु पर्‍यो । कर्मचारीको वृत्ति विकास र उनीहरूलाई दिने सेवा सुविधालाई पनि हेरफेर गर्नुपर्ने देखिन्छ । विश्वका अन्य देशमा साइबर सुरक्षासँग सम्बन्धित कर्मचारीलाई उच्च सेवा सुविधा दिइन्छ ।

    डाटा सुरक्षित गर्नका लागि सरकारले साइबर सुरक्षा फोर्स वा यस्तै प्रकृतिको अन्य कुनै निकाय नै बनाएर अघि बढ्नुपर्छ । र, सुरुमा यस्तो फोर्समा कम्तिमा ५० जना दक्ष जनशक्तिको आवश्यकता पर्छ । जसले २४ घण्टा नै साइबर सुरक्षासम्बन्धी पहरेदारी गरेर ह्याकरको आक्रमण रोक्न सक्छ ।

    सरकारले साइबर हमला रोक्न, यसबाट जोगिन र ह्याकरको निसाना पराजित गराउन तत्काल प्रतिक्रिया दिन सक्ने ‘र्‍यापिड फोर्स’ नै बनाउन आवश्यक छ ।

    पटक–पटक नेपाल सरकारको वेभसाइटहरुमा हुने आक्रमण, डाटा हराउने अवस्थाका बारेमा सरकार जानकार नै छ । यस्तो अवस्था नियन्त्रण गर्न सरकारले गम्भीरतापूर्वक आवश्यक कदम चाल्न जरुरी छ ।

    सामाजिक सञ्जालको प्रयोगबाट हुने डाटा चोरी रोक्न कस्तो खाले व्यवस्थापन जरुरी छ ?

    नेपालमा प्रयोग हुने सामाजिक सञ्जालको प्रयोग र यसको नियन्त्रण गर्न राज्यले एउटा कानुन बनाउनुपर्छ । कानुन निर्माण गरेर सामाजिक सञ्जाललाई दर्ता गराउने र आम्दानीको आधारमा कर तिर्नुपर्छ । यो भन्दा महत्त्वपूर्ण विषय विश्वव्यापी सामाजिक सञ्जाललाई नियन्त्रण गर्न कानुन चाहिन्छ ।

    अहिलेसम्म नेपालमा सूचना प्रविधि, इन्टरनेट, डाटा सुरक्षा, क्लाउड कम्प्यूटिङ र एआईसम्बन्धी कानुन नै छैन । सुरुमा त यस्ता कानुन बनाउन जरुरी छ । विडम्बना नेपाल सरकारले सञ्चारसम्बन्धी कानुन पनि बनाउन सकेको छैन ।

    नेपाल साइबर हमलाको उच्च जोखिममा छ भनिन्छ । खासमा अवस्था कस्तो हो ?

    विश्वको साइबर सेक्युरिटीसम्बन्धी तथ्याङ्क राख्ने साइबर इन्डेक्स नेपाल दक्षिण एसियामा निकै जोखिमयुक्त देश हो । नेपालभन्दा अघि भुटान मात्रै धेरै जोखिममा छ । र, भुटान पहिलो नम्बरमा छ । नेपाल सरकारले प्रयोग गर्ने पुरानो प्रविधिका कम्प्युटर र आवश्यक जनशक्ति नहुँदा जोखिम बढिरहेको छ ।

    हालैको विषय सरकारी वेभसाइटमा हमला हुँदा त्यसलाई नियन्त्रण गर्ने व्यापक डाटा भण्डार केन्द्र थिएन । फलस्वरूप, ४ घण्टा हवाई उडान प्रभावित बन्यो ।

    नेपाल दूरसञ्चार कम्पनीले दिने सेवा पटक–पटक अवरुद्ध हुन्छ । यसबाट हुने करोडौँको क्षति कसले भर्ने भन्ने नै छैन । यस्ता स–साना विषयमा सरकारले ध्यान नदिँदा हामी साइबर सुरक्षाको जोखिममा भएको पुष्टि गर्छ ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा रहेका जनशक्ति अधिकांश करारमा छन् । यसको अर्थ उनीहरूको जागिरको ग्यारेन्टी हुँदैन । यस्तै, सरकारसँग सीमित जनशक्ति छ । जबकि, केन्द्रले देशभरको डाटा सुरक्षाको विषय हेर्छ । जसमा जम्मा २ जना कर्मचारी छन् । थप २ जना करारमा छन् ।

    सुरक्षित हार्डवेयर, सुरक्षित सफ्टवेयर र आवश्यक जनशक्ति नहुँदा पटक–पटक नेपालको साइबर सेक्युरिटीमाथि हमला भइरहेको छ । नेपाल सरकारका अधिकांश सरकारी निकायले समेत आइटी अडिट गरेका छैनन् । यसले सुरक्षा जोखिम निम्त्याएको छ । यी सबै कमजोरीको फाइदा ह्याकरले उठाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑