आज:
  • होमपेज / Breaking News

    जनकपुरधामबाट एक लाख सक्कली नेपाली रुपैयामा दुई लाख नक्कली नोट साट्ने गिरोह पक्राउ

  • वीरगंज संजाल
  • १३ बैशाख २०८०, बुधबार १५:२९
  • १८२९

    जनकपुर | जिल्ला प्रहरी कार्यालय धनुषाले नक्कली नेपाली रुपैयाँको कारोबारमा संलग्न रहेका २ जनालाई मंगलबार पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका – ७ जिरोमाईलमा शंकाष्पद रुपमा देखिएकी एकजना महिलालाई चेकजाँचगर्दा ७ लाख ७१ हजार नक्कली नेपाली नोट बरामद भएको धनुषाका प्रहरी प्रमुख एसपी विश्व राज खड्काले जनाएका छन् ।‘चोकमा शंकास्पद रुपमा रहेकी महिलाको पर्स चेकजाँचगर्दा १ हजार र ५ सय दरको नक्कली नोट बरामद भएको हो’ उनले भने, महिलासित थप अनुसन्धान भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिका– २३ बसपार्कबाट विदेह नगरपालिका ६ की २५ वर्षीया अनुकुमारी साह र वडा नम्बर २ का २५ वर्षीय लंकेश कुमार साहलाई पक्राउ गरेको हो ।

    बसपार्कमा अनु कालो ब्याग बोकी हिडडुल गरिरहँदा प्रहरी चौकी जिरोमाइलको टोलीले चेकजाँच गरेका थिए । उनले बोकेको ब्यागमा नेपाली सक्कली रुपैयाँ जस्तो देखिने ७ लाख ७१ हजार ५ सय नक्कली नोट बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनाए । उनकाअनुसार महिलाको साथबाट नक्कली हजारको नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद भएको छ । सबै रकममा नोट नम्बर पनि लेखिएको छ । थप अनुसन्धानको क्रममा अनुको साथी लंकेशलाई घरबाट पक्राउ गरिएको छ । लंकेश र अनुको सम्बन्धबारे खुलेको छैन् । तर प्रहरीको प्रारम्भिक अनुसन्धानले दुबै जना साथी भएर काम गर्ने गरेको खुलेको छ ।

    उनीहरुले भारतबाट १ लाख दिइ २ लाख नक्कली नोट साटेर ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् । तर भारतमा कुन व्यक्तिसँग ल्याएको भने प्रहरीले खुलाएका छैनन् । उनीहरुको पहिले पनि यसप्रकारको काममा संलग्नता हुन सक्ने प्रहरीको शंका छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । केही दिन पूर्व सर्लाहीको बिभिन्न स्थानबाट नेपाली नक्कली नोटसहित केही मानिस पक्राउ परेका थिए ।त्यस क्रममा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिकाबाट नक्कली नेपाली नोट छाप्ने मेसिनसमेत बरामद गरेका थिए । धनुषा प्रहरीले पक्राउ गरेका अनु र लंकेशले भारतबाट १ लाख सक्कली नेपाली नोट दिएर २ लाख नक्कली नेपाली नोट लिएको बताएका छन् ।उनीहरुले भारतबाट नक्कली नोट साटेर ल्याएपनि बिस्तृत विवरण नखुलाएको प्रहरीले जनाएको छ ।

    नक्कली नोटको धन्धामा ठूलै गिरोह संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ ।पक्राउ परेकाहरुको बयान लिने र त्यस आधारमा अनुसन्धान गर्न कार्य भइरहेको बताइएको छ । प्रहरीले नेपाली १ हजार र ५ सय दरको नोटको कारोबारगर्दा राम्ररी जाँच गर्न आग्रह गरेको छ ।

    धनुषा प्रहरीले पछिल्लो ३ हप्तामा ठूलो कलसेन्टर र अनलाईन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको थियो ।प्रहरीले सकृयता बढाएसँगै विगतमा धनुषालाई सेल्टर बनाएर अपराधिक कारोबार सञ्चालन गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् ।जनकपुरधामबाट ठूलो अपराधिक धन्धा सञ्चालन हुन सक्ने आशंका प्रहरीले समेत गर्न नसक्ने बुझाईका साथ गिरोहहरु सक्रिय रहेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑