• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हिउँद सुरू भएसँगै आगलागीका घटना बढे, एकै दिन साढे ६५ लाख बढीको क्षति

  • वीरगंज संजाल
  • २३ मंसिर २०७६, सोमबार १३:३८
  • ६६९३

    सुख्खायाम सुरु भएसँगै मुलुकमा आगलागीका घटना बढेका छन्। एकै दिन देशका सात स्थानमा भएको आगलागीका कारण ६५ लाख ६७ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ।काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, मुगु, सिराहा, पर्सा र कास्कीमा भएका आगलागीका घटनामा उक्त क्षति भएको हो।

    प्रहरीकाअनुसार काठमाडौं महानगरपालिका–२६ ठमेल नर्सिङ चोकस्थित चेङ्दु होटलको भान्सा कोठामा विद्युत् सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा भान्सा कोठा र स्टोर रूममा रहेका विभिन्न सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवाराशीस्थित पर्सा वीरगन्ज घर भएका ४१ वर्षीय महेश साहको टहरामा रहेको बा९३प ६६१ नम्बरको मोटरसाइकलमा आइतबार राति आगलागी हुँदा मोटरसाइकल साथै ग्याँस सिलिन्डर ३ थान, भाँडावर्तन, कपडा र टहरा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

    यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित जिल्ला कारागार कार्यालय प्रमुख बस्ने निवास र कार्यालयसमेत रहेको जस्ताको तीन कोठे ट्रसको भवनमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा कार्यालयका फर्निचर, सामान र घर पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघा बस्ने विर्ख लावड र ज्वाला लावडको घरमा आइतबार दिउँसो आगलागी हुँदा दुवैजनाको घर तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायत सामान जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

    यता सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुक्याही बस्ने मोहमद ईनुस मियाको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। साथै, उक्त आगो निभाउने क्रममा घाइते भएका छिमेकी २५ वर्षीय नवसाद अन्सारीलाई उपचारको लागि लहानतर्फ पठाइएको छ।

    पर्साको वीरगन्ज महानगरपालिका–२७ जसौली गाउँ बस्ने हरेन्दर महत्तो कोइरीको २ वटा कुखुरा फार्ममा आइतबार राति आगलागी हुँदा फार्म तथा पार्किङ गरी राखेको ना२प ६०२ नम्बरको मोटरसाइकल र २ वटा साइकल पूर्णरुपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ६४ वर्षीय विनोद गुप्ताको मोटरसाइकल ग्यारेज र कोठामा विद्युत् सर्ट भई आइतबार साँझ आगलागी हुँदा ग६प ३९३३ नम्बरको स्कुटर र ग११प ११७५ नम्बरको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएका छन्।

    स्थानीयबासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑