बारा | बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्। मतगणनाको पछिल्लो मतपरिणामअनुसार यादवले १० हजार १९९ मत प्राप्त गरेका हुन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६ हजार ८०६ मत ल्याएका छन्।
यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ४५१ मत ल्याएका छन् भने आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५९२ मत ल्याएका छन्।
गत मंसिर ४ गते भएको निर्वाचनमा बारा २ बाट निर्वाचित भएका जसपाका रामसहाय प्रसाद यादव उनी उपराष्ट्रपति भएपछि बारा २ मा उपनिर्वाचत भएको हो।