• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुल निर्माणमा ३१ लाख ७४ हजार हिनामिना गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित २३ विरुद्ध मुद्दा

  • वीरगंज संजाल
  • ८ बैशाख २०८०, शुक्रबार ०९:०९
  • ११५३

    वीरगंज । पुल निर्माणमा अनियमितता गर्ने सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतसहित २३ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माणका लागि ०७५/७६ र ०७६/७७ मा विनियोजित बजेटमा ३१ लाख ७४ हजार चार सय ६७ रुपैयाँ अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।

    पुल निर्माणका लागि ०७५/७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रकम स्वीकृत भई त्यसको निर्माणको काम गाउँपालिकाले विष्णुदेव यादव अध्यक्ष रहेको उपभोक्ता समितिलाई दिएको थियो । तर, समितिले निर्माण कार्य समयमै सम्पन्न नगरी बीचमै अलपत्र छाडिदिएको थियो भने भएको कामसमेत न्यून गुणस्तरको भएको अख्तियारको दाबी छ । यही हालतमा गाउँपालिकाले पाँच लाख २८ हजार चार सय ४० भुक्तानी दिएको अख्तियारले जनाएको छ । सोही स्थानमा ०७६/७७ मा गाउँपालिकाअन्तर्गत विधानगर, पतारी, धन्छवार, सीतापुर सडकखण्डमा दुई थान कल्भर्ट निर्माण तथा माटो ग्राभेल योजनाका लागि मधेस प्रदेश सरकारले ससर्त अनुदान दिएको थियो । यो रकमबाट पुल तथा कल्भर्टको बाँकी भाग बनाउने योजनाको निर्माणका लागि गाउँपालिकाले उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिलाई काम दियो ।

    ०७६/७७ मा डिजाइन नगरी ड्रइङको आधारमा भएको पुल निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ भने परिवर्तन गरेर काम अघि बढाइएको थियो । त्यसले पनि तोकिएको समयमा आयोजना सम्पन्न गरेन । न्यून गुणस्तरको निर्माण गरेर योजना अघि बढाउनै नमिल्ने गरी छाडिदियो । तर, त्यसका लागि २६ लाख ४६ हजार भुक्तानी भने दिइयो । पदाधिकारी, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा अनियमितता भएको भन्दै अख्तियारले त्यसमा संलग्न २३ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको हो । दुवैमा गरेर ३१ लाख ७४ हजार चार सय ६७ रुपैयाँ अनियमितता भएको अख्तियारको ठहर छ ।

    अनियमितता भएको सोही रकमलाई जनही बिगो कायम गरेर तत्कालीन पालिका अध्यक्ष रामबल्लभ साह र तत्कालीन उपाध्यक्ष आशादेवी यादवलाई प्रतिवादी बनाएको छ । गाउँपालिकाका योजना शाखा प्रमुख चन्द्रेश्वरप्रसाद यादव, योजना अनुगमन समितिका विष्णुदेव साह, अमृतादेवी दास र सत्यनारायण साहविरुद्ध पनि ३१ लाख ७४ हजारकै बिगो दाबी गरिएको छ । पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालीन लेखापाल इन्द्रकुमार कर्ण, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष विद्यानन्द साह सुडी र वडासचिव रामनारायण मण्डललाई पाँच लाख २८ लाख बिगो कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑