• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महागढीमाई मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्छु : जसपा अध्यक्ष यादव

  • वीरगंज संजाल
  • ७ बैशाख २०८०, बिहीबार १८:४५
  • १४०५

    बारा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महागढीमाई मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने बताएका छन् । बिहिबार बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा आयोजित वृहत चुनावीसभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवले महागढीमाई मन्दिर विकास कोष र समिति स्थापना गरेर यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्ने बताएका हुन् ।उनले भने, ‘महागढीमाई मन्दिर एउटा धार्मिक स्थल मात्र होइन । ऐतिहासिक पर्यटकीय स्थलपनि हो । यसको विकास गरेर यहाँका स्थानीयहरुको समृद्धिको लागि काम गर्नुछ । काठमाडौँमा पशुपतिनाथ मन्दिरको विकास कोष र लुम्बिनी विकास कोष जस्तै यस क्षेत्रमा महागढीमाई क्षेत्र विकास कोष स्थापना गरेर यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न पहल गर्नेछु ।’

    उनले पाँच दलीय गठबन्धनले आफूलाई बारा जिल्लाको जनताको बीचमा रहेर काम गर्ने उद्देश्यले पठाएको हुँदा आफू निर्वाचित भएपछि यस क्षेत्रको जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्ने बताए । उनले भने, ‘मलाई बारा जिल्लाको जनताको बीच रहेर काम गर्न पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाएर पठाएको छ । म अब यहीँ तपाईँसँग काँधमा काँध मिलाए अगाडि बढ्छु । यहाँको विकास निर्माणको कामलाई पूरा गर्छु । बारा-२ मात्र नभइ समग्र जिल्लाको समृद्धिको लागि काम गर्छु ।’ यादवले निर्माणको पर्खाइमा रहेको बाराको निजगढ विमानस्थलको काम पनि छिट्टै सुरु गरिने बताउँदै भने, ‘बारामा एउटा अन्तराष्ट्रिय स्तरको विमानस्थलको आवश्यकता छ । जुन छिट्टै पूरा हुन्छ । जग्गा अधिग्रहण र मुआब्जालगायतको विषयलाई छिटोभन्दा छिटो समाधान गरेर विमानस्थल निर्माणको कामलाई अगाडि बढाउँन म सम्माननीय प्रधानमन्त्रीसँग अनुरोध गर्न चाहन्छु ।’ नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण नागरिकता विधेयक पास नभएको यादवले आरोप लगाए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुईदुई पटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट समेत नागरिकता विधेयक पास गरेर पठाउँदासमेत एमाले अध्यक्ष केपी ओलीको इसारामा तत्कालिन राष्ट्रपति विद्यादेव भण्डारीले त्यसलाई प्रमाणीकरण नगरेको उनले आरोप लगाए । उनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग नागरिकता विधेयक पास गर्न आफूले पहल गर्ने बताए ।

    त्यस्तै उनले बारामा रहेका राजमार्गहरुलाई भारतको सिमासम्म पुर्‍याएर चार लेनको सडक बनाउने, कोरोनाको कारण बन्द रहेको कवही छोटी भन्सारलाई पुन: सूचारु गराउने जस्ता काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यहाँको किसानलाई सिँचाइको व्यवस्था गर्नै पनि बताए । किसानको खेत खेतमा सिँचाई पुर्‍याउने तथा मल खाद उपलब्ध गराउन सरकारलाई उनले आग्रह गरे । घरविहिन नागरिकलाई सरकारको जनता अवाज योजनाअन्तर्गत अवासको व्यवस्था गर्नुपर्ने उनले बताए । यस्तै उनले बारामा गुणस्तर शिक्षा प्रणालीको विकास गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑