वीरगञ्ज । सडकमा यतिकै फालिएको अवस्थामा प्रहरीले नक्कली नोट बरामद गरेको छ । मधेश प्रदेशस्थित सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर ७ मा सडकमा फालेको अवस्थामा नेपाली नक्कली नोट भेटिएको हो ।
फोहोर फाल्ने ठाउँमा छोडेको अवस्थामा ५ लाख ३० हजार नक्कली रुपैयाँ भेटिएको सर्लाहीका प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए । बरामद नेपाली रुपैयाँ १ हजार दरका छन् । नक्कली नोट कारोबारमा संलग्नहरूबारे इलाका प्रहरी कार्यालय लालबन्दीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले पछिल्लो ३ महिनामा सर्लाहीबाट ९ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । जाली नोट कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको उपरीक्षक सुवेदीले बताए ।