• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जातिय विभेद विरुद्ध देशभरका दलितहरु अन्दोलनमा उत्रिन्छौ : दलित अगुवाहरु

  • वीरगंज संजाल
  • ४ बैशाख २०८०, सोमबार १२:२९
  • १५२९

    वीरगञ्ज । पछिल्ला केहि दिनयता पर्सा र बारामा भइरहेका महायज्ञमा दलितलाई छुवाछूतको विभेद गरि प्रवेश गर्न वञ्चित गर्न थालिएपछि उनिहरु संगठित हुँदै विद्रोहमा उत्रिने तयारी गरेका छन् । नेपालको संविधानमै जातिय विभेद तथा छुवाछूतलाई दण्डनीय अपराधको रुपमा उल्लेख छ । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ ले सार्वजनिक वा निजी स्थलमा जातीय भेदभाव वा छुवाछूतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था पनि गरेको छ । ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । यद्दपी कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पर्सा र बारामा दलितमाथि छुवाछूतको दुव्र्यवहार र विभेद गर्ने घटना बारम्बार दोहोरिइरहेको छ । जसका कारण यहाँका दलित अगुवाहरुले विद्रोहमा उत्रिने तयारी गरेका हुन् ।

    पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ वडा सुखचैनामा यहि वैशाख १२ देखि विष्णु महायज्ञ आयोजना हुँदैछ । महायज्ञमा दलितलाई सरिक हुन रोक लगाइएपछि स्थानीय दलित र उनिहरुका अगुवाहरुले आपत्ति जनाएका छन् । आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेर उनिहरुले महायज्ञमा आफुहरु जसरीपनि सहभागी हुने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा दलित संघर्ष समिति सुखचैनाका संयोजक खिरोधन राम चमारले भने, ‘महायज्ञको चौका (वेदी)मा दलितहरु जसरी पनि सहभागी हुन्छौँ । यदि जबरजस्ति गरेर हामीलाई रोकियो भने त्यसको परिणाम भयावह हुन्छ ।’

    सुखचैनामा आयोजना हुन लागेको १० दिने विष्णु महायज्ञमा महायज्ञको व्यवस्थापन समिति र गैरदलितहरुले गाँउकै दलितहरुलाई महायज्ञको वेदी (पूजास्थल) मा बस्न नदिने अडान लिदैआएका छन् । दलित संघर्ष समिति सुखचैनाका अध्यक्ष खिरोधनका अनुसार, पूजामा बस्न दलितहरुले जबरजस्ति गरेमा दलितहरुमाथि कुटपिट गर्नुका साथै ज्यानसमेत मार्ने धम्की गैरदलितहरुले दिएका छन् । सुखचैना गाँउमा चमार (दलित) जातिको करिब ४५ घरधुरी छ । महायज्ञमा दलितहरुबाट चन्दा उठाइएको, महायज्ञको तयारीमा दलितहरुलाई सहभागी गराइएको तर महायज्ञको वेदीमा भने दलितलाई बस्न नदिने महायज्ञ व्यवस्थापन समिति र गैरदलितहरुको अडान रहेको सुखचैनाका दलित प्रह्लाद राम चमारले बताए ।

    उनले भने, ‘महायज्ञको आयोजक समिति गठन गर्दाकै बेलादेखि गाँउका दलितहरुसँग छुवाछूतको विभेद गरियो, ६१ जनाको समितिमा हामी दलितबाट एकजनालाइ पनि राखिएन । समिति गठन गरेकै दिन वेदीमा दलितहरु बस्न पाउँदैनौं भनेर उर्दी जारी पनि गरियो । वडाअध्यक्ष उमाशंकर तिवारीले सुरुमा सकरात्मक आश्वासन दिएपनि पछिगएर गैरदलितहरुकै पक्षमा लागेर गाँउका दलितहरुलाई निराश पारेको प्रह्लादले गुनासो गरे ।

    त्यसपछि चैत २६ मा महायज्ञमा दलितलाई वञ्चित नगराउन माग गर्दै स्थानीय दलित दलित अगुवाहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई निवेदन दिएका थिए । निवेदनमा महायज्ञ आयोजक समितिले महायज्ञमा दलितलाइ सहभागी गराउन अस्वीकार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्ने समेत धम्की दिएको उल्लेख थियो । निवेदन आएपछि जिल्ला प्रशासन कार्यालयले छलफल मार्फत समाधान नखोज्न आग्रह गर्दै प्रहरीमा व्यवस्थापन समितिविरुद्ध उजुरी दिन सुझाव दियो । प्रमुख जिल्ला अधिकारीको सुझावअनुसार चैत २६ मै उनिहरुले महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी महतो, सचिव गोपाल प्रसाद यादव र मन्द्रिका महतोको नामै किटानी गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । उजुरी परेपनि प्रहरीले खासै गम्भिरताका साथ नलिएका कारण आफूहरुले पत्रकार सम्मेलन गर्नु परेको दलित संघर्ष समिति सुखचैनाका संयोजक खिरोधनले बताए । उनले भने, ‘किटानी जाहेरी दिएपछि एसपी साबले महायज्ञ शुरु भएपछि वेदीमा गएर तपाईहरु बस्नु होला, यदि बस्न दिएनन् भने प्रहरी पठाएर कानूनी कारबाहीको प्रकृया थाल्छौ भनेर आश्वासन दिनुभएको छ ।’

    यता महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी धानुक महतो भने यस बारे प्रतिक्रिया दिन मानेन् । टेलिफोन सम्पर्कमा आएका अध्यक्ष महतोले भने, ‘बाहिरको हल्लाको पछाडि लागेर हुँदैन, वास्तविकता जान्नुछ भने यज्ञ सुरु भएपछि गाँउमै आएर हेर्नुहोला, अहिले म अर्के काममा व्यस्त छु, अरु केहि बोल्दिन ।’ समितिका सचिव गोपाल प्रसाद यादवले भने दलितहरु आफै महायज्ञमा सहभागी हुन नचाहेको प्रतिक्रिया दिए ।यसअघि पर्साकै वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा गत चैत ८ देखि १६ गतेसम्म आयोजना गरिएको शतचण्डी महायज्ञमा पनि दलितलाई पूजापाठ गर्न बञ्चित गराइयो । त्यसवरुद्ध अलौका दलितहरुले सडकमै विरोध प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका थिए । तर जिल्ला प्रशासन कार्यायले पहलकदमी नलिदा र गाँउका गैर दलितहरुको धम्कीपूर्ण अडानका कारण दलितहरु पछाडि हट्न बाध्य भएका थिए ।

    महायज्ञको वेदी (पूजास्थल) मा बस्न नपाएरै महायज्ञ सम्पन्न भएपछि जति कराएपनि केही हुँदैन भन्ने सोच गैर दलितहरुमा हाबी हुदै गएको अलौंको सर्वदलिय दलित अधिकार संघर्ष समिति पर्साका अध्यक्ष बुनेल रामले बताए ।उता पर्साकै छिमेकी जिल्ला बाराको सुवर्ण गाउँपालिकामा गत चैत २६ बाट सुरु भएको विष्णु महायज्ञमा पनि दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाइएको छ । सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आयोजित महायज्ञमा स्थानीय दलितलाई छुवाछूत गरि प्रवेश गर्न रोक लगाइएको हो ।यज्ञ आयोजना गगैरदलितहरुले दलितका बालबालिकालाई पनि यज्ञमा बस्न नपाउने उर्दी नै जारी गर्दै यदि यज्ञमा पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको पीडित दलितहरुको गुनासो छ ।जातीय विभेद र छुवाछूतविरुद्धको कानून बनेको एक दशक बितिसक्दा पनि दलितलाई जातकै आधारमा विभेद र दुर्व्यहार गर्ने प्रवृति अझै पनि कायमै रहनु दुर्भाग्यपूर्ण भएको पर्साका दलित अगुवा एवम् पूर्वसांसद् रामाश्रय रामले आइतबारको पत्रकार सम्मेलनमा बताए ।

    नुन नै नमान्नेहरुलाई कानूनबमोजिम कारबाही हुनुपर्ने उनले बताए । समानता र समावेशिताका मुद्धा बारम्बार उठीरहेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु अत्यन्तै दु:खद विषय भएको उनकोभ नाइ छ ।अर्का दलित अगुवा बुनेल रामले जातिय र छुवाछूत विभेदविरुद्ध अब आफूहरु विद्रोहमा उत्रने तयारी गरिरहेको बताए । उनले भने, ‘हामीले जे गरेपनि यिनीहरुले केही गर्न सक्दैनन् भन्ने सोच गैरदलितमा हाबी हुँदै गएको छ । यसविरुद्ध हामी दलित अगुवाहरु चुप लागेर बस्दैनौँ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑