• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा–२ मा आचारसंहिता उल्लंघनका गतिविधि बढ्दै

  • वीरगंज संजाल
  • ३ बैशाख २०८०, आईतवार ०९:२३
  • १३६५

    वीरगंज । वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रचारका क्रममा बारा निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न दल तथा उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघन भएको पाइएको छ । आचासंहिता उल्लंघनको सिलसिला प्रतिस्पर्धात्मक रुपमा जारी रहे पनि निर्वाचन अनुगमन समितिले रोक्न सकेको छैन । सांसदसमेत रहेका दलका केन्द्रीय अध्यक्षसहित तिनका नेतादेखि कार्यकर्ताहरू आफ्ना उम्मेदवारलाई जिताउन आचारसंहिता उल्लंघन गर्दै चुनावी अभियानमा सक्रिय छन् । पार्टीका सांसदसमेत रहेका केन्द्रीय अध्यक्ष, पदाधिकारी, मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, पत्रकारलगायतबाट आचारसंहिताको उल्लंघन भइरहेको हो । आचारसंहिता उल्लंघन गर्नेमा प्रतिस्पर्धामा रहेका अधिकांश दल र उम्मेदवार छन् । घरदैलो भेटघाट र नमस्कार गर्दै मत माग्ने पार्टीका सांसदसमेत रहेका केन्द्रीय नेताहरूले नै आचारसंहिता उल्लंघन गरिरहेका छन् । सरकारका तर्फबाट भने औपचारिकता लागि अनुगमन गरिए पनि आचारसंहिता उल्लंघनका गतिविधि रोकिएको छैन ।

    आचारसंहिता गत चैत २४ बाट सुरु भए पनि कडाइ गर्ने विषयमा भने जिल्ला अनुगमन समितिको बैठक बसेको छैन । ‘त्यस खालको उल्लंघन भइरहेको हो भने पूर्ण रुपमा जानकारी छ, सामाजिक सञ्जालमा पनि व्यापक छ । तर नियमन गर्न छलफलको लागि बैठक बसेका छैनौं, चाँडै बस्दैछौं,’ निर्वाचन अनुगमन समितिका सदस्य सचिवसमेत रहेका आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले भने, ‘सरुदेखि नै तराईमा यस्तै अभ्यास चलिआएको छ । यो पुरानो समस्या हो ।’ बरालका अनुसार एक दिन फिल्डमा गएर निर्वाचन क्षेत्रको मुख्य सडकको ४/५ किलोमिटरसम्म पुगेर अनुगमन गर्दा तुल ब्यानर हटाइएको छ । ‘त्यसयता फिल्डमा पुगेका छैनौं । अब समितिका सम्पुर्ण अधिकृत ज्यूहरु बैठक बसेर कडाइ गर्ने र फिल्डमा जाने योजना बनाएका छौं,’ बरालले भने, ‘उम्मेदवार झैं दलका नेता घरदैलो गर्दै नमस्कार र खुट्टा ढोग्दै मत मागेको पाइएको छ । यस विषयमा कडाइका साथ प्रस्तुत हुने योजना बनाएका छौं ।’ प्रचारको क्रममा मठ–मन्दिर, बजार, मुख्य सडक, चोक, चौतारो, विद्यालय, स्वास्थ्य केन्द्रहरुमा व्यापक पोस्टर, पम्प्लेट, तुल ब्यानर, झण्डा टाँसिएको÷झुन्डयाइएकोले जताततै रंगीचंगी देखिएको छ । मापदण्ड विपरीतका प्रचार सामग्री प्रयोग, सामाजिक सञ्जाल फेसबुक, चुनावी सभालगायतमा तिनीहरुबाट आचारसंहिताको उल्लंघन भइरहे पनि आचारसंहिता अनुगमन समितिले रोक्न नसकेको हो ।

    केही दिनयता छिटफुट रुपमा कहीँकतै सुरक्षकर्मीले दिनहुँ त्यस्ता प्रचार सामग्री हटाए पनि त्यो क्रम भने रोकिएको छैन । ‘आचारसंहिता पालना गर्ने÷गराउने कार्य आइतबारदेखि अभियानकै रुपमा सुरु गर्छौं,’ जिल्ला सुरक्षा समन्वय समितिका संयोजकसमेत रहेका निर्वाचन अनुगमन अधिकृत प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने, ‘सुरक्षासम्बन्धी अरु अरु काममा व्यवस्त भइएकाले कडाइ गरिएन । अब कडाइ गरिन्छ । बीचमा बिदा पनि परेको थियो ।’दलका नेतालगायत अभियानमा संलग्नहरूले चुनावी सभा समारोहलाई सम्बोधन गर्दा निष्पक्ष, स्वच्छ र मर्यादित रुपमा चुनावमा असर नपर्ने गरी अभिव्यक्ति दिन पाइने आचारसंहितामा व्यवस्था छ । तर यसरी अभिव्यक्ति दिने क्रममा मानहानी हुने र व्यक्तिगत लाञ्छना लगाउने अभिव्यक्ति दिन पाइँदैन । अधिकृत बरालले भने ‘केन्द्रीय अनुगमन समितिलाई जानकारी गराई चुनावलाई असर नहुने गरी सभा समारोहमा सहभागी हुन पाइनेछ । यहाँ त अनौठो देखिएको छ । चलन नै यस्तै छ ।’ उनका अनुसार आचारसंसहिता विपरीतका कार्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिएको छ । भाइरल बन्नका लागि सामाजिक सञ्जालमा कसैले त्यस्ता दृश्य राखेको भए पनि त्यसप्रति अनुगमन समितिले भने कडाइ गर्ने उनले बताए । आचारसंहिता विपरीतका प्रचार सामग्री पोस्टर, पर्चा, पम्प्लेट हटाउन र प्रचार शैलीलाई रोक्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परिरहेको छ । ‘आचारसंहिता अनुगमन समितिले दल र उम्मेदवार तथा उल्लंघनकर्तालाई चेतावनी दिन सके रोक्न सकिनेछ,’ तुल ब्यानर हटाउन खटिएका एक सुरक्षाकर्मीले भने, ‘माथिबाट सोझै चेतावनी आउनु पर्छ । नभए जति तुल ब्यानर हटाए पनि फेरि पछि समस्या दोहवरिनसक्छ । यसका लागि कडा नियम नै चाहिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑