वीरगंज । सप्तरीमा खाल्डाेमा जमेको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षिय गणेश साह रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
राजविराज नगरपालिका ६ स्थित सडकको छेउकाे खाल्डाेमा जमेको पानीमा डुबेर साहको मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।