वीरगंज । बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(असई) पक्राउ परेका छन् ।
सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका असई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार रुपैयाँ घुस मागेको अख्तियारको दावी छ ।
अख्तियारका अनुसार उक्त उजुरी दर्ता गर्न अदालतले समेत आदेश जारी गरेको थियो । अख्तियारको टोलीले मिर्चैया–५ को थानाचोकबाट उनलाई ९ हजार घुससहित नियन्त्रणमा लिएको हो ।