वीरगंज । रामनिवास पटेल । ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख डा.उमेश प्रसाद चौरसीयाले स्नातक प्रथम बर्षको क्याम्पस बाहिर तोकिएको परिक्षा केन्द्र फिर्ता ल्याउन प्रयास गर्ने बताएका छन । उनले यस क्याम्पसको बाहिर तोकिएको केन्द्रलाई यसै क्याम्पसमा ल्याउन अधिकतम प्रयास गर्ने बताएका हुन । बिहिबार विद्यार्थी नेताहरु संग लिखित प्रतिवद्धता गर्दै उनले यसका लागी पदाधिकारीहरु संग छलफल गर्ने आश्वासन दिएका छन ।
क्याम्पस प्रमुख चौरसीयाले केन्द्र ल्याउने कार्य नभएको खण्डमा विद्यार्थीहरुको लागी जे पनि गर्न तयार रहेको बताए । साथै उनले क्याम्पस बाहिर तोकिएको परिक्षा केन्द्र फिर्ता ल्याउन नसके पदबाट राजिनामा दिने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन । ठाकुर राम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र बाहिरको कलेजमा तोकिएपछि विभिन्न संगठनका विद्यार्थी नेता यसको विरोध गर्दै आएका छन ।
अनेरास्ववियु पर्साका सचिव पवन यादवले क्याम्पस प्रमुखको कमजोरीले गर्दा पूर्ण सेन्टर बाहिर गएको आरोप लगाएका छन । उनले क्याम्पस प्रमुखले निजि क्याम्पसबाट पैसा खाएर परिक्षा केन्द्र बाहिर लग्ने कार्य गरेकाले यस्ता बन्द गर्न आग्रह गरेका छन । सचिव यादवले अब यस्ता क्याम्पस प्रमुखको काम नभएकाले आफ्नो समाजिक संजालमा लेख्दै राजिनामा माग गरेका छन ।