• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बृहत्तरका अध्यक्ष साह चोरीको गाडी चढ्दै

  • वीरगंज संजाल
  • २९ चैत्र २०७९, बुधबार ११:४४
  • १००५

    वीरगंज । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले भारतीय चोरीको गाडीमा नेपाली नम्बर लगाएर चढिरहेका छन् । भारतीय नम्बरको टाटा सुमो जीपमा मारुती भ्यानको नेपाली नम्बर लगाइएको छ । मारुती भ्यानको नम्बर लगाइएको टाटा सुमोमा भने प्रेसको स्टिकर अगाडिको सिसामा टाँसिएको छ । साहले सो गाडी पिराडी चोक स्थित डेनियल ग्यारेजमा राखेका छन् । मारुती भ्यानको बा.११ च ६३९६ नम्बरलाई टाटा सुमोमा लगाइएको छ । सो गाडीको इञ्जिन नम्बर ०२५३३५७८ र चेचिस नम्बर एम ए टी ४४६३६१९९ एन २८२५८ भिक्टा डी आई जी एक्स र २६०० केजी उल्लेख रहेको छ । सो गाडीको भारतीय नम्बर बी आर ओ ६ पी ए ११४२ रहेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार साहले भारतीय नम्बर हटाएर मारुती भ्यानको नम्बर लगाएका छन् । उनको प्रयोगमा रहेको सो गाडी केही दिनदेखि डेनियल ग्यारेजमा मर्मतका लागि राखिएको बताइएको छ । ग्यारेज सञ्चालकले मर्मतका लागि राखिएको सो गाडी मर्मत भइ नसकेको बताए । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष भएपछि उनी हाल सरकारी गाडी पनि पाएका छन् । तर बृहत्तर कार्यालयमा आम्दानी समेत नजनाइएको सो गाडीको मर्मत लगायत इन्धन समेतको खर्च बृहत्तरबाट नै व्यहोरि रहेका छन् ।भारतीय नम्बरको गाडीमा नेपाली नम्बर लगाउनु ठूलो अपराध रहेको बताइन्छ ।

    मारुती भ्यानको नेपाली नम्बरलाई भारतीय टाटा सुमोमा लगाउँदा त्यसको इञ्जिन र चेसिस नम्बर ब्लूबुकमा रहेको नम्बरसित मिल्दैन् । ट्राफिक प्रहरीले चेकजाँच गर्दा सो गाडी चोरीको भने पुष्टि हुन सक्छ । तर प्रेसको स्टिकर लगाइएको कारण प्रहरीले गाडीको जाँच गरेको पाइदैन् । प्रेस लेखेको मोटरसाइकल र चार पांग्रे गाडीहरु छ्याप्पछ्याप्ती देखिन्छ । तर अन्य सवारी साधनको तुलनामा प्रेस लेखिएको मोटरसाइकल र चार पांग्रे गाडीको जाँच कमै भएको पाइन्छ । स्रोतका अनुसार साहले मधुबनी जिल्लाको कमलावरपट्टीबाट सो गाडी ल्याएको बताइएको छ । गाडी धनीले मधुबनी प्रहरी र सडक यातायात कार्यालयमा गाडी चोरीको निवेदन दिइसकेका छन् । प्रेस लेखेर मारुती भ्यानको नेपाली नम्बर लगाइएको कारण साह हालसम्म प्रहरीको जाँचलाई छल्दै आएका छन् । नेपालमा भारतीय नम्बरको सवारी साधनलाई १ वर्षमा लगातार ३० दिन अथवा पटक–पटक गरी ३० दिन मात्र चलाउन पाउने प्रावधान छ । त्यसकारण साहले चोरीको गाडीमा मारुती भ्यानको नेपाली नम्बर लगाएको अनुमान गरिएको छ । भारतबाट चोरी गरी नेपालमा ल्याएर नेपाली नम्बर राखेर विगतमा केही गाडीहरु सञ्चालनमा रहे पनि प्रहरीले ती सवारी साधनहरुलाई जफ् तगरी कारबाही गरिसकेका छन् ।

    चोरीको गाडी खरिद गर्ने समेत चोरी अभियोगमा कारबाहीमा पर्ने प्रावधान रहेको ट्राफिक प्रहरीहरु बताउँछन् । प्रेसको स्टिकर लगाएर साहले प्रयोग गरिरहेका सो टाटा सुमो गाडी उनका परिवारका सबै सदस्यहरुले प्रयोग गरेको देखिन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षलाई बैठक बाहेकका अन्य सुविधाहरु छैन् । तर उनले सरकारी गाडी, ड्राइभर र इन्धन समेत बृहत्तरको नै प्रयोग गरिरहेका छन् । हाल ग्यारेजमा राखिएको मारुती भ्यान नम्बरको टाटा सुमो गाडीमा पनि बृहत्तरबाट इन्धन हालिएको बताइएको छ । बृहत्तरको अध्यक्षमा साह नियुक्त भएदेखि कार्यालय र उनी स्वयं विवादमा छन् । कर्मचारीहरुको तलब रोक्कादेखि प्रदेश पर्यटनको सूचना केन्द्रको बोर्ड फालेर आवास बनाउनु सम्मको विवादमा साह परेका छन् । अध्यक्ष नियुक्त भएको वर्ष दिन नपुग्दै बृहत्तरको अवस्था दयनीय बनेको छ । धनुषा र महोत्तरी जिल्लामा पर्ने बृहत्तर परिक्रमा क्षेत्रको विकास गर्न गठन भएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् थला परेको छ । तर उनी आफ् नो सेवा सुविधाका लागि कर्मचारीमाथि अनावश्यक दबाब सृजना गरिरहेका छन् । ऐनमा भएको व्यवस्था विपरीत उनले तलब सुविधाको दाबी गरेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑