वीरगंज । रोयल च्यालेञ्जर बेङ्गलोरका कप्तान फाफ डुप्लेसिसलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको छ । सोमबार राति भएको लखनउ सुपर जायन्ट्ससँगको खेलमा ढिलो गतिमा बलिङ्ग गरेका कारण डुप्लेसिसलाई १२ लाखको जरिवाना लगाइएको हो ।
इन्डियम प्रिमियर लिगको नयाँ नियम अनुसार ९० मिनटभित्र २० ओभर बलिङ्ग गरिसक्नु पर्नेहुन्छ । तर बेङ्गलोरले उक्त निश्चित समय भन्दा बढी समय खर्चेर ढिलो बलिङ्ग गरेका कारण कप्तान डुप्लेसिसलाई जरिवाना लगाइएको हो ।
आईपीएल २०२३ मा कुनै पनि टोलीले आईपीएलको आचार संहिता तोडेर कारवाहिमा परेका डुप्लेसिस पहिलो कप्तान हुन् । आईपीएलमा पहिलो लेवलको अपराधमा रेफ्रीले चेतावनी दिदै उन्मूक्ति दिन सक्ने भएपनि त्यो भन्दा माथिको लेवलमा आयोजकले नै कारवाहि गर्ने नियममा उल्लेख छ ।