पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नंवर ३ पश्चिम देकुलीमा रहेकाे गादिमाई आधारभुत विद्यालयको प्राथमिक तहका कक्षाहरुकाेबार्षिक परिक्षाफल साेमबार प्रकाशित गरिएको छ।
विद्यालयमै आयाेजित कार्यक्रममा वार्षकि परिक्षाकाे नतिजा प्रकाशीत गर्दै कक्षा १ देखि ५ सम्मकाे कक्षामा प्रथम, द्वितीय र तृतीय भएका विधार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण पनि गरिएको थियाे ।
त्यसअवसरमा पटेर्वा सुगौली गाउँपालिकाको जिन्सी शाखा प्रमुख रामबाबु यादव, वडा अध्यक्ष माधव राउत थारु,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम देवी,विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार यादव,शिक्षक चन्द्रकली देवी,कन्चन कुमारी चौधरी, पुष्पाञ्जली कुमारी,उमाकान्त दास लगायतको उपस्थिति रहेकाे थियाे ।