• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

  • वीरगंज संजाल
  • २३ मंसिर २०७६, सोमबार ०५:१७
  • १०७२१

    विरगंज | हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।

    आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

    “हातका मैला सुनका थैला, के गर्नु धनले
    साग र सिस्नो खाएकै वेस, आनन्दी मनले”

    महाकविका यी हरफ आजपनि उत्तिकै सार्थक छ, जीवनको मूलभूत उद्धेश्य भनेको साधारण जीवनशैली र असाधारण र विलक्षण विचारहरुको र उदाहरणहरुको सृजना हो । सोक्रेटस्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, रुमी, गौतम बुद्ध अनि नेलशन मण्डेलाहरुलाई उनिहरुले कमाएको धन नभई उनिहरुको ब्यक्तित्व, विचार अनि समाज परिवर्तनका आधारहरु खडा गरेकाले मात्र हामीले चिनेका हौ र श्रृष्टि रहुञ्जेल पुस्तौ पुस्ताकाबिच जीवित रहनेछन् ।

    पैसा अनि सुखी जीवनशैली लगायत निरन्तरका नव सपनाहरुले हामी ग्रसित नभईकन् सुखी र आफ्नो पसिनाको कमाईले वाँचन सिक्न जरुरी छ, सरकारलाई कर तिर्न र त्यसको पैरवीगर्न पनि हाम्रो अधिकार र दायित्व हो । भ्रष्टाचार मार्फत सम्पती कमाउनु छोटो उन्नतीको वाटो त होला तर ठगेर, झुठो वालेर अनि संसारलाई पिरोलेर कमाएको अझ भनौ लुटेको सम्पती एउटा दुर्भाग्यदायी अपुताली भन्दापनि नराम्रो कुरा हो । यस्तो सम्पतीले पुस्तौ पुस्ता पिरोल्छ ।

    भ्रष्टाचार आजभोली संसारभरि एउटा साझा समस्याका रुपमा बढीरहेको छ । भ्रष्टाचार एउटा सामाजिक चुनौती हो जसको प्रभावले आर्थिक, राजनैतीक अनि वैचारीक पृष्ठभूमीलाई नकारात्मक असर पार्ने गर्दछ । मान्छेहरुमा बढ्दो धन कमाउने लालसा, नैतिकतामा कमी, गैरकानूनी र छोटा कमाउने बाटाहरु अपनाउने चलनले भ्रष्टाचारले संसारभरी जरा गाडेको छ । यसले आर्थिक उन्नतीलाई धरासायी बनाउँछ र शासन व्यवस्थालाई कमजोर तुल्याउँदछ ।

    हामी आफैले कर तिरेर खडा गरेका सरकारी संयन्त्रहरु अनि त्यसैबाट तलब खाने कर्मचारीहरुले नै सहज कार्यकालागि पनि घुमाउरो गरि दुखः दिने गर्दा, उनीहरुले सामान्य कार्यको दुःखदायी परिभाषा दिंदा राज्यप्रति अनि आफूले तिरेको करप्रति धिक्कार लाग्नू स्वभाविक छ । वास्तवमा सुशासन भनेको पारदर्शीता नै हो । भ्रष्टाचारले पारदर्शीताको कमी गराउँछ अनि प्रजातन्त्रप्रतिको विश्वासको धरातललाई धमिल्याईदिन्छ । हामीले चुनेर पठाएका प्रतिनिधीहरुलेनै संसदमा गएर राज्यकोष अनि सुविधाको बढ्दो दुरुपयोग र भ्रष्टाचारले अाम जनताको चुनाव र संसदिय व्यवस्थाप्रति अविश्वास र वितृष्णा बढ्दै नजाअोस् ।

    नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी अाएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

    कानूनले गरेका प्रावधान भन्दापनि हामीभित्र रहेको सोंचाई भ्रष्टाचारविरुद्ध अगाडी बढ्नकालागि जरुरी छ । मान्छेलाई उसले बनाएका घर, चढ्ने गाडी, लगाउने कपडा भन्दा पनि उसको गुण, नैतिकता र शिक्षाका आधारमा मूल्याङ्कन गर्ने परिपाटी बसाउन जरुरी छ । स्वतन्त्र, सभ्य, समान अनि भ्रष्टाचारमुक्त पारदर्शी समाजको शुभकामना । भ्रष्टाचार विरूद्धको अभियानमा लागेका अभियन्ताहरूलार्इ सलाम, यस बिरूद्ध हामी सबै अघि बढाैं, घूसखोरी र भ्रष्टाचारीको चरमलार्इ जरैदेखि उखेल्न हातेमालो गराैं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑