• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आगलागीमा लाखौंको क्षति,२२ घर जलेर खरानी

  • वीरगंज संजाल
  • २७ चैत्र २०७९, सोमबार १३:०६
  • १२२१

    वीरगंज । मधेश प्रदेशको अलग– अलग स्थानमा भएको आगलागीमा लाखौंको क्षति भएको छ । सप्तरी जिल्लाको कंचनरुप नगरपालिका–७ स्थित एउटा धान र गहुँ कुट्ने मिलमा आइतबार बिहान आगलागी हुँदा १२ लाख भन्दा बढीको सम्पत्ति जलेर खरानी भएको छ । विद्यतु सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयवासी विश्वनाथ न्यौपानेद्वारा संचालित सो मिलमा आइतबार बिहान २ बजेको समयमा अचानक विद्युत सर्ट भइ आगो लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचनाअधिकारी नरेशकुमार सिंहका अनुसार मिलमा भएको घरका साथै खाद्यान्न कुट्ने मेसिन तीन थान, मोटरसाइकल एक थान, पानी तान्ने मोटर २ थान तथा ५ क्विन्टल धान र एक क्विन्टल गहुँ लगायतका सामग्री र खाद्यान्न पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगोलाई कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानीयवासी र प्रहरीको सहयोगमा २ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै रौतहटको माधवनारायण नगरपालिकामा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । माधवनारायण नगरपालिका–४ स्थित मानपुरमा स्थानीय जिउत मुखिया बिनको घरबाट सल्किएको आगोले बस्तीको २१ वटा घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो २ बजे आगलागी भएको थियो । आगलागीमा परेर घर, चौपाया अन्न, लत्ताकपडासमेत जलेर नष्ट भएको स्थानीयवासीहरुले बताए । आगलागीबाट स्थानीय हरेसी मुखिया, महेशी मुखिया, इन्द्रदेव भगत, दिनकर मुखिया,उपेन्द्र मुखिया, वीरेन्द्र मुखिया बद्री भगत, सुरेन्द्र मुखिया, जितेन्द्र मुखिया, बिकाउ मुखिया, जयकरण मुखिया लगायत २१ जनाको घर जलेर नष्ट भएको छ । आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको थियो । त्यसैगरी बढदो गर्मी र चैत महिनामा चलेको हावाहुरीसँगै महोत्तरी जिल्लाको छुट्टा–छुट्टै स्थानमा भएको आगलागीको घटनामा लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ ।

    जिल्लाको सोनमा गाउँपालिकाको सोनमा गाँउमा तिनवटा र मनरा शिस्वा नगरपालिका–१० सकरीको एक घरमा आगलागी भएको छ । हावाहुरीको कारण घरको छेउबाटै पोलमा बिछ्याइएको ११ हजार पावरको बिजुलीको तार एक आपसमा छोएर सर्टसर्किट भइ सोनमाका इन्दल ठाकुर, इन्द्रजित ठाकुर र मनोहर ठाकुरको परालको थुप्रोमा आगलागी भएको प्रहरीले जनाएको छ । त्यस्तै, सकरीका लक्ष्मी साहको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीका कारण करिब १५ लाखभन्दा बढीको क्षति भएको महोत्तरी प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगे पनि गाँउपालिका र नगरपालिकाको बारुण यन्त्र समयमा नपुगेपछि ठूलो क्षति हुन पुगेको स्थानीयवासीहरुको गुनासो छ । सोनमाका इन्दल ठाकुर, इन्द्रजित ठाकुर र मनोहर ठाकुरको परालको थुप्रोमा आगलागी भएको छ । आगलागीमा परेर लाखौं मूल्यबराबरको क्षति भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑