• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजगढमा पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने

  • वीरगंज संजाल
  • २६ चैत्र २०७९, आईतवार १५:१२
  • १२१७

    वीरगंज । पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ । रेल विभागका पदाधिकारीहरूले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको जानकारी गराएका हुन् । रेल विभागले गरेको पछिल्लो सर्भे अनुसार रौतहटको चोचा हुँदै निजगढ आउने भनिएको रेल्बे लाइन अब नयाँ एलाइन्मेन्टअनुसार निजगढ र सिगौंलको बीचमा पर्ने सुकेपोखरीबाट निजगढ वडा नम्बर ५ को पूर्वटोल हुँदै पश्चिमतर्फ जाने भएको छ ।

    कार्यक्रममा रेलवे विभागका इन्जिनियर सुमन पोखरेले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको रक्सौल– काठमाण्डौं रेलको एलाइन्मेन्टसँग तालमेल गर्ने क्रममा पूर्वपश्चि रेलमार्गको एलाइन्मेन्ट परिवर्तन गर्नुपरेको बताए । बाराको कोल्हबी हुँदै निजगढ प्रवेश गर्ने रक्सौल-काठमाण्डौं रेल धन्सार नदी पार गरेर उत्तर लाग्ने र पूर्वपश्चिम रेल भने निजगढस्थित भमरा खोला पारीको जंगल हुँदै पूर्वटोल निस्किएर पुरानोटोलबाट लाल हुँदै डम्बरपुर भएर उत्तरतर्फ लाग्ने छ । दुबै रेलमार्गको स्टेशन भने सुकेपोखरी नजिक राखिने भएको छ । यसअघि पूर्वपश्चिम रेलमार्गको निजगढस्थित नदीकट्टा हुँदै बकैया खोलाको पूर्व किनारा भएर पुरानो निजगढबाट पश्चिमतर्फ लाग्ने गरी नक्साङ्कन गरिएको थियो ।

    निजगढको क्षेत्रको नक्साङ्कनको क्रममा यसअघि उत्पन्न विवादपछि पटकपटक भएको छलफलको क्रममा बकैया खोलाको किनाराबाट रेल्बे लिक निर्माण गर्न स्थानीय सरोकारवालाहरुले सहमति जनाएका थिए । छलफलमा निजगढ नगरपालिका क्षेत्र भित्रको मानव बस्ती, खेतीयोग्य जमिन, वन जंगलमा न्यून क्षति पुग्ने गरी सर्भे कार्यअघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत भएको छ । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलालगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी र स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑