जनकपुरधाम। सशस्त्र प्रहरी धनुषाले सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीया नकामा भारत विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन ।
भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर ८ र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदीको बुनिया, १ सय ग्रामको सुनको बलिया र २६ ग्राम मालवाडी,एक सेट मोबाइल ,दुई थान भारतीय सिमकार्ड ,४२० भारतीय रुपैया सहित तस्कर यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन ।
यादवबाट बरामद भएको सुन र चाँदीको मूल्य १२ लाख ८८ हजार ७ सय ९२ रुपैया रहेका धनुषाको सशस्त्र प्रहरी उपरिक्षक राजु उप्रेतीले जानकारी दिए। साइकलमा सवार भइ भारततर्फ जाँदै गरेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा यादवको साथबाट सुन र चाँदी बरामद भएका छन ।साइकल सहित यादवलाई नियक्रणमा लिई थप आवश्यक कारबाहीका लागी जनकपुर भन्सार कार्यालयमा बुझाइएका हुन् ।