• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतमा भिस्वा नाकाबाट तस्करी सुरु

  • वीरगंज संजाल
  • २५ चैत्र २०७९, शनिबार २०:५३
  • २७०१

    वीरगंज । पर्सामा केही समय बन्द रहेकाे तस्करीकाे लाइन पुन: प्रहरीले दिएकाे छ । नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका अधिकारीहरुले तस्करहरुलाई मोटो रकम महिनावारी लिने शर्तमा लाइन दिएपछि अहिले पर्साको ग्रामीण ईलाकामा रहेको भिस्वा नाकाबाट निर्वाध रुपमा तस्करी भइरहेको छ । सीमा सुरक्षा बल सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका जिल्लास्थित प्रहरी प्रमुखहरु तथा प्रदेश प्रमुखहरु समेतले तस्करीहरुसँग मोटो रकम असुल गरिरहेको स्रोतको दाबी छ । तस्करहरुको संरक्षण प्रहरीले नै गर्न थालेपछि के दिन के रात २४ घण्टा सीमा नाकाबाट अवैध माल ओसारपोसार भइरहेको छ । पर्साको भिस्वा नाका अहिले सबैभन्दा बढी चर्चामा रहेको छ । भिस्वा नाकाबाट पर्साका नामुद तस्कर किशोर जैसवाल, उनको छोरा मुना जयसवाल र उनको भतिज रामु जैसवालको लाइन चलिरहेको छ । यस्तै किशोर, मुना र रामुको माल भिस्वा गोदामबाट बोर्डर कटाउने र भारतको सिक्टामा रहेको गोदाम सम्म माल सुरक्षित पुर्याउने ठेक्का भिस्वाको लडु र सिक्टाका पप्पुले लिएका छन । लडु र पप्पुले भरिया लगाएर टाउको मा राखी सिमानाका कटाएर सिक्टाको गोदाम सम्म पुर्याउन २ सय जना भरिया केलियरिङ गर्ने मान्छे काम्दार राखेका छन । अञ्जीर नामक फल, चाईनिज स्याउ, छोकडा, सुपारी, मरिच, खुखरी चुरोट, चाईनिज १० फिटे ईन्चीटेप, कुखुराको दाना, चाईनिज रहेको तर युनीलीवर कम्पनीको लेखिएका सबै समान जस्तो कि फेयरलबली, फेयरलबली पाउच, क्लजप पेस्ट लगायतका समान तस्करी गर्न छुट पाएका छन् ।

    कबाडीकाे तस्करी पनि सुरु

    भारतीय सीमावर्ती सहर रक्सौलबाट सर्वसाधारणले सानो तिनो घरायसी सामान ल्याएपछि सशस्त्र प्रहरीले इमान्दारिताको खोल ओढी नौटंकी गर्दै रोकटोक गर्ने र रातिको समयमा सेटिङ्गमा ठेलाका ठेला कबाडीका सामानहरु भारततर्फ तस्करी भइरहेको छ भने कपडा तस्करहरु महँगा महँगा कपडा नेपाल भित्र्याई रहेका छन् । वीरगंज भन्सार स्थित बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी नायब उपरीक्षक आएको केही समय बित्न नपाउँदै इनर्वा गाउँ एवं वीरगंज भन्सार पछाडी रहेको बाँसघारी क्षेत्रबाट सशस्त्र प्रहरीको सेटिङ्गमा दैनिक करोडौं मूल्य बराबरको कबाडीको सामान भारततर्फ तस्करी हुने गरेको छ भने तस्करीको कपडा भित्र्याउन तस्करहरुले लाइन पाएका छन् । कबाडीको नाममा जनावरहरुको छाला, हड्डी लगायत बहुमूल्य धातुहरु भारततर्फ तस्करी गर्ने गरिएको छ । कबाडी तस्करीको लाइन पाएका इमरान खान लगायत ८ जना व्यक्तिहरुले दैनिक २ सय देखि ३ सय ठेला कबाडीको नाममा बहुमूल्य सामानहरु भारततर्फ तस्करी गर्ने गरेका छन् । बजारको बहुमूल्य सामानहरु ठेलामा लोड गरि कबाडीको नाममा तस्करी गर्ने गरेका छन् र सो कार्यमा सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सुरक्षाकर्मीहरु सहयोगी बन्दै आएका छन् ।

    बहुमूल्य सामानधनीले केयरिङ्ग गर्ने तस्करहरुलाई प्रति केजी रु १३ तथा ठेलावालाहरुलाई प्रति केजी रु ३ को दरले पैसा दिने गरेका छन् । एउटा ठेलावालाहरुले ८ सय केजी भन्दा बढि सामान बोकेर भारततर्फ पु¥याउने गरेका छन् । चार महिनादेखि बन्द रहेको तस्करीको लागि यही आइतबारदेखि सुचारु भएको छ । रातिको १२ बजे पश्चात इनर्वा गाउँको चोर बाटो हुँदै दैनिक २ देखि अढाई सय ठेला कबाडीको सामान तस्करी हुने गरेको छ । जब रातिको १२ बज्छ, त्यस क्षेत्रमा रहेको बिजुलीको लाइन काटिन्छ र ठेलाका ठेला तस्करीको सामान सिमा कटाएपछि पुनः लाइन जोडिन्छ । नेपाल भारत दुबै देशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आफ्नो देशको कबाडी आफ्नो देशमा स्क्रयाप गर्ने सम्झौता पनि भएको छ । तर सम्झौता विपरित तस्करहरुले करोडौं अर्बौको सामान कबाडीको नाममा भारत तस्करी गर्ने गरेका छन् । तस्करहरुले कबाडीको सामान वीरगंजदेखि रक्सौलको रामेश्वर फलमण्डीसम्म पु¥याउने जिम्मा पाएका हुन्छन् ।

    कपडा तस्करीकाे पनि लाइन

    अर्कोतर्फ कपडा तस्करहरुले पनि तस्करीको लाइन पाएका छन् । कपडा तस्करीका लागि शत्रुधन यादव, जयलाल, शेखावत, मुन्ना शेख, अम्बेया, मीरा लगायतका व्यक्तिले तस्करीको लाइन पाएको बताइएको छ । उनीहरुले करोडौंको कपडा राजस्व छलि गरि इनर्वा गाउँको चोर बाटो हुँदै नेपाल भित्र्याउने गरेका छन् । इनर्वा गाउँ र बाँसघारीबाट दैनिक करोडौं मूल्य बराबरको शुटिङ, सर्टिङ, महंगा साडी गायतका कपडाहरु नेपाल भित्र्याउने गरिएको छ । कपडा तस्करको नामुद तस्कर मदन रुन्चे लगायतले पनि तस्करीको लाइन पाएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑