वीरगंज । वीरगन्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरुलालाई रमजान पर्ब मनाउनका लागि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खाद्यान्न सामाग्री सहयोग गरेका छन् । कारागारमा रमजान गरेका मुस्लिम कैदीबन्दीलाई साँझको इफ्तारी गर्न बुधबार मेयर सिंहले व्याक्तिगत तर्फबाट खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
कारागारमा रहेका करिब २ सय मुस्लिम कैदीबन्दीलाई पुग्ने खाद्यान्न लगायतका सामाग्री बुुधबार साँझ कारागारमै पुगेर कारागार प्रशासनका फिरोज अन्सारीलाई हस्तान्तरण गरिएको मेयर सिंहका प्रतिनिधि अफरोज आलमले जानकारी दिए ।उनका अनुसार , मेयर सिंहले इफतारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, तथा अन्य खाद्य सामग्री उपलब्ध गराएका हुन् ।
अहिले मुस्लिम समूदायको महत्वपूर्ण चाड रमजान चलिरहेको छ । एक महिनासम्म चल्ने रमजान पर्बमा मुस्लिम समूदाय दिनभर पानी समेत नखाई निराहार उपवास बस्ने परम्परा छ । साँझ भने इफ्तारी गर्ने गर्दछन् । कारागारमा कैदी जीवन विताई रहेकाहरुलाई इफ्तारी गर्न खाद्य सामग्री अभाव नहोस् भनेर व्यक्तिगत रुपमा सहयोग गरेको मेयर सिंहले बताए ।