• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज महानगरले छुट्यायो अतिक्रमणमा परेको गुठी संस्थानको ११ विघा जग्गाको सीमांकन

  • वीरगंज संजाल
  • २२ चैत्र २०७९, बुधबार १६:४८
  • ११०१

    वीरगंज । वीरगन्ज महानगरपालिकाले गुठी संस्थानको ११ विघा जग्गा नाप जाँच गरेर छुट्याइदिएको छ । बुधबार महानगरको सीमामा पर्ने पर्सागढी नगरपालिका वडा नम्वर ४ मा रहेको भेडाहा टोलको करिब ११ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर छुट्याइएको हो । उक्त स्थानमा गुठीको नाममा करिब एक सय विघा भन्दा बढी जग्गा रहेकोमा बुधबार पहिलो दिन ११ विघा १३ कट्टा जग्गा नापजाँच गरेर छुट्याउनुका साथै किला गाडेर सीमांकन गरिएको हो ।जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहितको टोली बुधबार फिल्डमा पुगेको थियो । गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि महानगरपालिकाले प्राविधिक टिम खटाएर जग्गा छुट्याउन लगाएको हो ।

    उक्त ठाउँमा रहेको गुठीको जग्गामा करिब २ सय भन्दा बढी घर परिवारले अतिक्रमण गरेर व्यक्तिगत प्रयोजनमा भोगचलन गर्दै आएका छन् । महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान नै चलाएको छ । यही क्रममा गुठी संस्थानको आग्रह बमोजिम गुठीको जग्गा पनि अतिक्रमणबाट हटाउन सुरु गरेको हो । यहि चैत १३ गते महानगरले वडा नम्वर २८ दर्दवामा रहेको गुठी संस्थानको जग्गा अतिक्रमण गरी माटो उत्खनन् गर्ने एउटा स्काभेटरसहित ४ वटा टिप्पर नै नियन्त्रणमा लिएको थियो । त्यहाँ संस्थानको ५२ विघा जग्गा रहेको र त्यसको पनि महानगरले नापजाँच गरेर छुट्याइदिएको थियो ।

    वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अहिले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गाका साथै गुठीको जग्गा खोजी गर्ने अभियान चलाइएको बताउँदै कहीँकतै सार्वजनिक जग्गा अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह पनि गरेका छन् । बुधबार जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख चुडामणी घिमिरे, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेशप्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुर सहितको टोली खटिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑