• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनशक्ति अभावले वीरगंजको नारायणी अस्पताल समस्यामा

  • वीरगंज संजाल
  • २२ चैत्र २०७९, बुधबार १५:०३
  • १२६५

    वीरगंज । वीरगन्जस्थित नारायणी अस्पताल जनशक्तिको अभाव झेल्दै छ । कुनै समय पर्सादेखि महोत्तरी तथा चितवन र भारतको बिहारको सीमावर्ती गाउसमेतका बिरामीको उपचार गन्तव्य रहेको यो अस्पताल अहिले आफैं जनशक्ति अभावले रुग्ण बनेको छ । नारायणी अस्पतालमा १ सय ९१ दरबन्दी छ ।तर हाल १ सय ६३ जनशक्ति मात्र पदपूर्ति भएको छ । बाँकी पद लामो समयदेखि रिक्त छ । विकास समितितर्फ दरबन्दीभन्दा कम जनशक्ति छन् । समितितर्फ १ सय ३० दरबन्दीमा ८४ स्थायी, ७ करार र ३३ ज्यालादारीमा कार्यरत छन् । आधा दर्जन दरबन्दी खाली छन् । अस्पतालमा ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । दसौं तहका चिकित्सक डा. चित्तरन्जन साह मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेका छन् । प्रमुख कन्सल्टेन्ट अर्थो सर्जन, प्रमुख ईएनटी सर्जन, प्रमुख कन्सल्टेन्ट जनरल सर्जन, प्रमुख कन्सल्टेन्ट अप्थाल्मोजिस्ट, प्रमुख कन्सल्टेन्ट प्रमुख कन्सल्टेन्ट सर्जर ग्यास्टो इन्टोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट सर्जरी ग्यास्टोइन्टेरो फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसिसियोलोजिस्ट १/१ दरबन्दी छ । तर पदपूर्ति हुन सकेको छैन । वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्टको २ दरबन्दीमध्ये १ खाली छ ।

    त्यसैगरी, वरिष्ठ कन्सल्टेन्ट टपिकल फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट युरो सर्जरी, न्युरो सर्जरी, नेफ्रोलोजिस्ट, न्युरोलोजिस्ट चिकित्सकको १/१ दरबन्दी रिक्त छ । सह प्रमुख मेडिकल ल्याब टेक्निसियन, वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट साइक्याटिस्ट, वरिष्ठ कन्सल्टेन्ट इन्डो डेन्टिग, वरिष्ठ कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिस्टको १/१ दरबन्दी सबै खाली छ । डेन्टल सर्जन, फार्मेसी अधिकृत र पुस्तकालय अधिकृतको १/१ दरबन्दी खाली छ । नर्सिङ अधिकृतको ३ मध्ये २, लेखा अधिकृतको १, नायब सुब्बाको २ जनामा एउटा, खरिदार १, डाइटिसियन सुपरभाइजरको १ दरबन्दी खाली रहेको छ । दुई जना ल्याब टेक्निसियनको दरबन्दी खाली छ । अनमीको ८ मध्ये २ दरबन्दी खाली छ । कार्यालय सहयोगीको ४९ मध्ये ९ दबरन्दी खाली छ । अस्पताल विकास समितितर्फ कन्सल्टेन्ट फिजिसियन, गेस्ट्रोइन्टेरोलोजिस्ट, हेल्थ असिस्टेन्टको १/१ दरबन्दी रहेकोमा सबै खाली छ । अनमीको आठमध्ये ६ दरबन्दी खाली छ । प्लम्बरको एउटै दरबन्दी खाली छ ।

    एनआईसीयूतर्फ करार सेवामा कार्यरत कर्मचारीमध्ये स्टाफ नर्सको ८ दरबन्दी रहेकोमा २ रिक्त छ ।सामाजिक अभियन्ता प्रकाश थारू जनशक्ति अभावकै कारण नारायणी अस्पताल रुग्ण हुनु दुःखद भएको बताउँछन् । ‘यो अस्पताल मोफसलकै जेठो र बिरामीको अत्यधिक चाप रहने अस्पताल हो,’ उनले भने, ‘यसलाई चुस्तदुरुस्त राख्नुपर्नेमा स्वास्थ्यकर्मी र चिकित्सककै अभाव भएपछि कसरी बिरामीले राम्रो उपचार पाउँछन् ।’संघिय सरकारले यो अस्पताललाई २०७४ सालमा केन्द्रीय अस्पताल घोषणा गरेको थियो । तर अस्पतालमा जनशक्ति आपूर्ति भएको छैन । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंह अस्पतालले जनशक्ति अभाव खेप्नुपरेको बताए । ‘हाम्रो सबैभन्दा ठूलो समस्या जनशक्ति र भवन अभाव नै हो,’ उनले भने, ‘अस्पतालको स्वीकृत शय्या सरकारी १ सय ५० र विकास समितिको १ सय गरी २ सय ५० जनाको छ । तर हामी ४ सय ३० शय्या सञ्चालन गरिरहेका छौं ।’ सीमित जनशक्तिले स्वीकृतभन्दा झन्डै दोब्बर शय्या सञ्चालन गर्न हम्मे भइरहेको डा. सिंहले बताए । अस्पतालमा २०५३/५४ सालकै जनशक्तिको दरबन्दी रहेको त्यसमध्ये पनि धेरै वरिष्ठ र कन्सल्टेन्ट चिकित्सककै दरबन्दी खाली हुनु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन् । यस्तो अवस्थामा बिरामीलाई आवश्यक उपचार सेवा पाउन सकेका छैनन् । अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालय र विभागसँग पटकपटक रिक्त दरबन्दी पूर्ति गर्न पत्राचार गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑