वीरगंज । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण-२ बस्ने २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई हाल भक्तपुर चाँगुनारायण नै बस्ने२६ वर्षीय अमृत गजमेर रहेका छन् ।
जिल्ला प्रहरी सरिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९९८ ग्राम बराबरको सालकको खपटा बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको छ ।