वीरगंज । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-१ डण्डा सीमा इलाकाबाट मंगलबार करिब १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद भएको छ।
भारतबाट अवैध रूपले ल्याउँदै गरेको उल्लिखित मूल्य बराबरको लत्ताकपडा, मोबिल र डोर लक प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले बरामद गरेको हो।
बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ।