वीरगंज । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारत सगैँ नेपाली बजारमा समेत एकदमै सफल रहेको मोडल होन्डा साइन एसपीको नयाँ भर्सनमा सार्बजनिक गरेको छ । कम्पनीले बीएस ६ फेज कम्प्लायन्ट इन्जिनमा साइन एसपी भारतीय बजारमा सार्वजनिक गरेको हो । कम्पनीले नयाँ भर्सनका साथै यसमा केही फिचरहरु समेत थप गरेर अपडेटेड भर्सन सार्बजनिक गरेको हो । योसँगै होन्डा साइन एसपी ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानोल फ्युल प्रयोग गरेर चलाउन सकिने भएको छ ।
कम्पनीले नयाँ भर्सन मोटरसाइकलमा नयाँ ग्राफिकसँगै ५ नयाँ कलर अप्सनमा एसपी ल्याएको हो । कम्पनीले एसपीको माइलेज बढाउनका लागि पीजीएम एफआई सिस्टमको समेत प्रयोग गरिएको छ । यो सिस्टमको प्रयोगले इन्जिनले औसत मात्रामा फ्युल र एयर को मिक्सचर प्रदान गर्छ जसले माइलेज बढाउँन मदत गर्छ । नयाँ एसपीमा कोम्बी ब्रेकिङ सिस्टम, फ्ल्याट टायर, ५ स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, टेलिस्कोपिक फर्क र ११ लिटरको फ्युल ट्याङक दिएको छ । यो मोटरसाइकलले प्रतिलिटर ६५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
नयाँ भर्सन एसपीमा कम्पनीले फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, डिजिटल स्पीडोमिटर, ७ ओटा अनबोर्ड सेन्सर, इसीओ इन्डिकेटर, गियर इन्डिकेटर, सर्भिस इन्डिकेटर, एलइडी हेडल्याम्प र टेलल्याम्प, इन्जिन किल स्वीच, रियल टाइम फ्युल इफिसेन्सी जस्ता फिचरहरु समाबेस गरेको छ । यो मोटरसाइकल पहिलेको भन्दा केहि पावरफुल रहेको कम्पनीले बताएको छ । यसमा १२४ सीसी एयर कुल्ड, एफआई, टूभल्ब इन्जिन दिइएको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम १०.७२ बीएच पावर र ६००० आरपीएममा अधिकतम १०.९ एनएम टर्क जेनेरेट गर्छ । होन्डाले भारतीय बजारमा साइन एसपी ड्रमब्रेक भेरिएन्टको ८५ हजार १३१ र डिस्ब्रेक भेरिएन्टको ८९ हजार १३१ रुपैयाँ (एक्स शोरुम) निर्धारण गरि ब्रिक्रि सुरु गर्ने तयारी गरेको हो ।