वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर २ मा रमेश खरेलले उमेदवारी दिएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हु्न् ।
पूर्व डीआईजीसमेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन् । उनी गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।
गएको मंसिर ४ को निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुँदै छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा खरेल यो क्षेत्रबाट प्रतिष्पर्धा गर्न लागेका हुन् ।