• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाईगोरुमा ‘लम्पी स्किन’ रोगको महामारी, २८ मरे, किसानले पाएनन् औषधोपचार

  • वीरगंज संजाल
  • १९ चैत्र २०७९, आईतवार १८:१०
  • १५४९

    वीरगंज । तीन साताअघि कालिमाटी गाउँपालिकाको केही वडामा गाईगोरुमा देखिएको ‘लम्पी’ छाला (स्किन) रोग जिल्लाका बन्गाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकामा समेत महामारीको रुपमा फैलिएको छ । महामारीका कारण एक महिना नबित्दै २८ गाईगोरु मरिसकेका छन् भने किसानले पालेका धेरै पशु बिरामी परेका छन् । किसानले रोगको पहिचान समेत गर्न नसक्दा र रोग सर्ने बारेमा थाहा नपाउँदा गाईगोरुमा लम्पी स्किन रोगले महामारीको रुप लिएको हो । लम्पी स्किन रोगका कारण जिल्लाको चार पालिकाका झन्डै १ हजार ५ सय किसान प्रभावित भएका छन् । रोग निको हुनुको साटो थप पशु बिरामी पर्न थालेपछि किसान चिन्तित भएका छन् । रोग अन्य पशु हुँदै मान्छेमा सर्ने डरले उनीहरु त्रसित भएका छन् । कालिमाटी गाउँपालिका ५ का किसान ईन्द्रबहादुर गाहाले झन्डै एक महिनादेखि देखिएको लम्पी स्किन रोग अहिलेपनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको र रोगको महामारीले गर्दा आफ्नो १० हजार बराबरको दुई गोरु मरेको बताए ।

    उनले छिमेकी लगायत अन्यका पनि मरेका र धेरै विरामी परेको जानकारी गराए । ‘सुरुमा गाईगोरुमा के रोग लागेको हो भन्ने थाहा भएन र उपचार गराइएन । थप समस्या देखिएपछि पालिकाको पशु शाखामा जानकारी गराइयो तर बिरामी पशु बचाउन सकिएन’ उनले भने ‘रोगबाट पशु मर्ने भन्दा मान्छेमा फैलने डर लाग्न थालेको छ ।’ रोगको महामारी फैलिएपनि सम्बन्धित निकायबाट उपचार पाउन नसकेको उनको गुनासो छ । बन्गाड कुपिण्डे नगरपालिकाका किसान नन्दराम बुढाले रोगको पहिचान गर्न नसकेकै कारण उपचार सम्भव नभएपछि आफूले पालेको दुई गाईगोरु मरेको बताए । उनले आफ्नो मात्र नभई छिमेकीले पालेका धेरै गाईगोरु बिरामी भएको जानकारी गराए । सम्बन्धित निकाय समक्ष उपचारमा सहयोग गर्न उनले आग्रह गरे । यता शारदा नगरपालिका– ९ का किसान कर्णबहादुर खत्रीका अनुसार गाईगोरुका छालामा फोका देखिने, ज्वरो आउने, अण्डकोष सुन्निने, नाभी सुन्निनेजस्ता समस्या देखिएको बताए ।

    पशु अस्पताल तथा पशु शाखा कार्यालय सल्यानका प्रमुख गोबिन्दबहादुर महतले लम्पी स्किन रोगका कारण कालिमाटीमा १०, बन्गाड कुपिण्डे नगरपालिकामा ८ र त्रिबेणी गाउँपालिकामा १० गाईगोरु मरिसकेको बताए । यी पालिकामा किसानले ४४ हजार ८ सय ३३ गाईगोरु पालेकामा ७५ प्रतिशत रोगबाट प्रभावित भएको उनको भनाइ छ । भ्याक्सिन नभएकाले अहिले भ्याक्सिन माग गरिएको उनले बताए । ‘रोगबाट अन्य पशुलाई बिरामी पशुबाट अलग राख्ने नै हो । चेतनाको अभावले किसानले बिरामी पशुलाई छुट्टै नराखी सामुहिक रुपमा राख्दै आएका छन् । यसले गर्दा रोग बढ्दै गएको छ’ उनले भने । रोगको महामारी फैलिएपछि अहिले पशु कार्यालयका डाक्टर सहितको प्राविधिक टोली रोग फैलिएको स्थानमा पुगेर पुगेरसामान्य उपचार गरिरहेको र किसानलाई सचेतना गराइरहेको उनले जानकारी गराए । किसानले सचेतना नअपनाए चार पालिकामा मात्र नभई यो रोग जिल्लाभरका पालिकामा फैलिनसक्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑