महोत्तरी । बर्दिवास र गौशालाको सीमा क्षेत्रमा पर्ने सागरनाथ वनमा आइतबार दिउँसोबाट डढेलो लागेको छ । तीव्र हावाहुरीको समयमा जंगलमा लागेको डढेलो निभाउन मुस्किल भएको जिल्ला डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाले बताए ।
एक महिनादेखि जिल्लाका राष्ट्रिय तथा सामुदायिक वनमा आगो लाग्ने क्रम नरोकिँदा जिल्ला वनले स्थलगत अवलोकन गरी छापा मार्न थालेको झाले बताए ।डढेलो नरोकिएपछि वन कार्यालयलाई डढेलो नियन्त्रणमा लिन मुस्किल भएको जिल्ला डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख झाले बताए ।
नियन्त्रणका लागि वनका सबै कर्मचारी जंगलमै खटिए पनि वनमा डढेलो लाग्ने क्रम रोकिएको छैन । आइतबार दिउँसो गढन्ता सव डिभिजन वन कार्यालयकै छेउबाट आगो लागेको र निभाउने काम भइरहेको सवडिभिजन प्रमुख रामसुन्दर साहले बताए ।