वीरगंज । सामाजिक संस्था जन सेवाले पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ जगरनाथपुर गाँउका अपांगता भएका ७२ वर्षीय द्वारिका राउतलाइ ह्वील चेयर सहयाेग गरेकाे छ ।
संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाैधरीसहितकाे टाेलीले आइतबार राउतकाे घरमै पुगेर ह्वील चेयर प्रदान गरेकाे हाे । शारीरिक अपांगताका कारण कष्टकर जिवन व्यतित गरिरहेका राउतलाई सहज हाेस् भनेर जन सेवाले ह्वील चेयर सहयाेग गरेकाे संयाेजक चाैधरीले बताए ।
ह्वील चेयर हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य रामअयोघ्या महतो , नेकपा एमालेका केन्द्रीय सदस्य ज़ालिम मियाँ,फजल करिम,राजा मियाँ,मक़सुद मियाँको पनि उपस्थिति रहेको थियो।