• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

  • वीरगंज संजाल
  • १८ चैत्र २०७९, शनिबार ११:१४
  • ११६१

    वीरगंज । अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फस्टमा मानिसहरुलाई झुटो बोल्ने र मुर्ख बनाउने चलन छ । सायद तपाईहरुले पनि आज झुटो बोल्नुभयो होला। तर यसो किन गरिन्छ त? आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन्। पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थाले। यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ । सबैले एक अर्कालाई मूर्ख बनाउन बहाना खोज्छन्। यस दिन केही व्यक्तिहरूले फोनमा म्यासेज र ठट्टाहरू मार्फत वेबकूफ बनाउँछन्। ‘अप्रिल फूल’ दिवस विभिन्न देशहरूमा विभिन्न तरिकाले मनाइन्छ। तर अप्रिल १ मा किन ‘अप्रिल फूल’ दिवस मनाइन्छ, यसको पनि फरक कथा छ । आजको दिन बालबालिका होस् वा युवा–वृद्ध सबैले आफ्ना साथीभाइ र आफन्तलाई कुनै न कुनै बहानामा मुर्ख बनाउँछन् ।

    को बन्यो पहिलो ‘अप्रिल फूल’ ?

    अप्रिल १ मा मानिसलाई झुक्याउने वा मूर्ख बनाउने प्रचलन धेरै वर्षदेखि चलिआएको छ । आजको समयमा, यो दिवस संसारभर मनाइन्छ। तर यसको सुरुवातको कुरा गर्दा सबैभन्दा पहिलो यसको प्रयोग चौसरको ‘नन्स प्रिस्ट टेल’ भन्ने किताबमा पाइन्छ। त्यसमा ‘क्यान्टरबरी टेल्स’ को कथामा उक्त कुरा उल्लेख छ। कथामा इङ्गल्याण्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानीको इन्गेजमेन्ट हुने कुरा जनतालाई सुनाइन्छ। इन्गेजमेन्ट ३२ मार्चमा हुने भनिन्छ। उक्त कुरा जनताले पनि विश्वास गर्छन् । मार्च ३२ क्यालेन्डरमा मिति नै नहुने भएकोले त्यहाँका मानिसहरू सामूहिक रूपमा ‘अप्रिल फूल’ बने भनिएको छ।

    अप्रिल फूल’सँग सम्बन्धित दोस्रो कथा

    ‘अप्रिल फूल’को दोस्रो कथा युरोपको हो। वास्तवमा पहिला युरोपमा अप्रिल १ तारिखमा नै नयाँ वर्ष मनाइन्थ्यो र यस दिन भव्य कार्यक्रम पनि आयोजना गरिन्थ्यो । तर त्यहाँ पोप ग्रेगरी १३ ले सन् १५८२ मा नयाँ क्यालेन्डर निकाले, जसमा नयाँ वर्ष जनवरी १ मा मनाउने निर्देशन दिइएको थियो। पोप ग्रेगरी १३ द्वारा यो क्यालेन्डर जारी गरेपछि अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई ‘मूर्ख’ भनेर खिल्ली उडाइएको थियो। यहीँबाट ‘अप्रिल फूल’ डे सुरु भएको किम्बदन्ती रहेको छ। विश्वभर ‘अप्रिल फूल’ दिवस मनाउने विभिन्न तरिका छन्। ‘अप्रिल फूल’ डे न्युजिल्यान्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया र अफ्रिकी देशहरूमा १२ बजेसम्म मात्र मनाइन्छ। इटाली, फ्रान्स र बेल्जियम जस्ता देशहरूमा मानिसहरूलाई बिना जानकारी नदिइ ढाडमा कागजको माछा टाँसेर खिल्ली उडाइन्छ। युक्रेनमा ‘अप्रिल फूल’ मनाउन राष्ट्रिय छुट्टीको घोषणा गरिएको छ। साथै, स्पेनमा ‘अप्रिल फूल’ डिसेम्बर 28 मा पवित्र निर्दोष दिवसको रूपमा मनाइन्छ। यसबाहेक डेनमार्कमा मे १ मा ‘अप्रिल फूल’ दिवस मनाइन्छ भने पश्चिम एसियाली देशहरूले पर्शियन नयाँ वर्षको १३ औं दिन अर्थात् अप्रिल १ र २ मा एकअर्कालाई गिल्ला गरेर ‘अप्रिल फूल’ मनाउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑