रौतहट। रौतहटस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ ।
उक्त दुघ)टनामा एक जना गम्भीर घाइते भएका छन् । चन्द्रनिगाहपुरको चाँदी पुलमा गएराति पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २ –२–००४ प ३०४७ नम्बरको मोटर साइकल दुर्घटना भएको थियो ।
मोटर साइकलमा पछाडि बसेकी सर्लाही हरिपुर नगरपालिका २ घर भएकी ४० वर्षीया राजकुमारी चौधरीको घटना स्थालमै मुत्यु भएको प्रहरीले जनाएको छ । मोटर साईकल चालक धनुषाको औरही ४ का ४५ वर्षीय अरुण कुमार मण्डल गम्भीर घाइते भएका छन् ।