• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पेटभित्र रक्सीको बोतल भेटिएका रौतहटका युवक अस्पतालबाट डिस्चार्ज

  • वीरगंज संजाल
  • १६ चैत्र २०७९, बिहीबार १७:२७
  • ११०१

    वीरगञ्ज । साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका ९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उनी आफैं हिँडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा संलग्न डा राजेश यादवले बताए । उनलाई २५ दिन अघि गम्भीर अवस्थामा चितवनमा उपचारका लागि ल्याइएको थियो । अस्पतालका जिआई सर्जन डा.नारायण बेलबासेका अनुसार उनको स्वास्थ्यमा निकै सुधार भएको छ । तर उनी प्राकृतिक रूपमा अहिले नै दिसा गर्न सक्ने अवस्थामा भने छैनन् । मलद्वार नजिकै ठूलो आन्द्राको भाग थोरै बाहिर निकालेर दिसा बाहिर जान मिल्ने बनाइएको छ । एक महिना पछि उनलाई फलोअपमा बोलाइएको र पुनः शल्यक्रिया गरेर प्राकृतिक रुपमा नै दिसा गर्न मिल्ने अवस्थामा ल्याइने अस्पतालका एनेस्थेसियोलोजिष्ट डा राजेश यादवले बताए ।

    युवकको आर्थिक अवस्था निकै कमजोर भएकाले केही रकम छुट गराएर उपचारमा सहयोग गरेको डा. यादवले जानकारी दिए । ‘हामीलाई पनि चुनौतीपूर्ण केस थियो यो, उनीहरुको आर्थिक अवस्था सबै बुझ्दा निकै कमजोर जस्तो लाग्यो,’ डा यादवले भने, ‘उनी हाम्रो उपचार सेवाबाट ज्यान बचेकोमा खुसी छन्, हामी पनि खुसी छौं, त्यसैले अस्पतालले केही उपचार खर्च छुट गरिदिएको छ ।’ नुर्साद मन्सुरीले आफ्नो ज्यान जोगाइदिने डा. बेल्वासे, डा।यादवसहितको टोलीप्रति आभार व्यक्त गरे । ‘अहिले म ठिक भएको छु, बोल्न, हिँड्न सक्ने भएँ, उपचार नपाएको भए मरिसकेको हुने थिएँ’ मन्सुरीले भने । रौतहटको गुजरा नगरपालिका ९ का २६ वर्षीय नुर्साद मन्सुरी ट्याक्टर चलाएर गुजारा चलाउँदै आएका छन् । घरमा बुवा आमा, श्रीमती र एक छोरा छोरीलाई त्यही पेशाबाट परिवार पाल्दै आएका थिए । ट्याक्टरमा केही समस्या आएकै कारण उनी दुई किलोमिटर पर चोकतिर ट्याक्टर बनाउन निस्के । त्यहीँ उनका साथी नसिम भेट भए । उनीसँग अर्का एक जना युवक पनि थिए जो वाइरिङ्गको काम गर्थे । उनका साथीहरूले मन्सुरीलाई ‘माल’ खान जाम भने ।

    सधैं भेट भइरहने, सँगै खाजा पनि खाने साथीको आग्रहलाई मन्सुरीले नकार्न सकेनन् । त्यसपछि नजिकै रहेको खोला किनारको एक घरमा खाजा खान पुगे । त्यहाँ उनका साथीले चिसो डीउ चिसो पेय पदार्थ खान दिए र भने, ‘यो सबै नखानू आधा जति खानु बाँकी छाड्दिनू ।’ मन्सुरीले साथीले भनेको भन्दा केही बढी खाए । त्यो खाएको आधा घण्टा पछि उनको शरीर शिथिल हुँदै गयो । ‘के गरौं, कसो गरौं जस्तो गर्मी हुन थाल्यो,’ मन्सुरी भन्छन्, ‘साथीहरूले शीतल छहारीमा एक छिन सुत्न भने । म त्यहीँ सुतें ।’ बेहोस जस्तै भएको बेलामा कसैले आफ्नो पाइन्ट खोलेको जस्तो भेउ पाए तर कुनै प्रतिक्रिया जनाउन सक्ने अवस्थामा थिएनन् । उनका दुई साथीहरूले त्यहीँ बसेर रक्सी खाए र खाएको रक्सीको बोतल भने मन्सुरीको मलद्वारबाट घुसाइदिए । केही घण्टापछि होस आउँदा पेट निकै दुखेको महसुस भएको मन्सुरी सुनाउँछन् । तर के भएको हो उनलाई थाहा भएन । बल्लतल्ल साथीहरूको ग्यारेजसम्म आए । मोटरसाइलमा घरसम्म पुर्‍याइदिन भने । तर मोटरसाइकल नभएको भनेर कसैले पुर्‍याइदिन मानेनन् । बल्लतल्ल आफैं घरमा पुगे ।

    पेट निकै दुखेको बताएपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खान दिए । त्यसले ठीक नभएपछि उनलाई भोलिपल्ट उपचारका लागि रौतहटकै चन्द्रपुर अस्पताल भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकले पेटको एक्सरे गर्दा रक्सीको बोतल देखे । पाइन्टको खल्तीमा रक्सीको बोतल राखेको छ कि भनेर छामछुम पनि गरे तर पाएनन् । फेरि एक्सरे गरेर हेर्दा पेटभित्र नै रक्सीको बोतल रहेको पाइएपछि चकित परे । उनलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल पुर्‍याए । जतिसक्दो छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह डाक्टरहरुले दिए । डाक्टरहरुले वीरगञ्ज या चितवन लैजान सुझाव दिएपछि उनलाई भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याइएको थियो । पुरानो मेडिकल कलेज ल्याउँदा पेटमा बोतल छिरेको करिब ५८ घन्टा भइसकेको थियो, बिरामी अचेत जस्तै थिए ।

    सामान्यता यस्ता बिरामीहरूलाई २४ घण्टाभित्र उपचार गर्न सक्यो भने बचाउन सकिने चिकित्सकहरू बताउँछन् । तर ढिलै आए पनि बोतल नफुटेको र आन्द्रामा धेरै क्षति नभएकाले उनी ठीक भएको चिकित्सकहरू बताउँछन् । ‘अरूको जस्तो नर्मल अवस्था त हैन, त्यही भएर डिस्चार्ज हुन २५ दिन लाग्यो,’ डा। राजेश यादव भन्छन्, ‘तर अहिले धेरै नै सुधार भएकाले जीवन बाँच्यो ।’ मन्सुरीले आफ्नो मलद्वारबाट रक्सीको बोतल पुरानो केही रिसिईवी साँध्नका लागि गरेको हुनसक्ने अनुमान गरेका छन् । ‘कहिलेकाहीँ साथीहरुसँग जिस्किदा केही भनिएको हुन्छ त्यसैलाई इस्यू बनाएर यस्तो गरेको हो कि भन्ने मेरो अनुमान छ,’ मन्सुरी भन्छन्, ‘यति ठूलो अपराध गर्ने गरी त मैले केही गल्ती गरेको थिइनँ ।’ उनको मलद्वारबाट पेटभित्र रक्सीको बोतल हालिदिएको अभियोग लागेका रौतहट गुजरा नगरपालिका९६ का २० वर्षीय नसिम खान पैठानविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑