वीरगंज । दाङमा एक जनाको हत्याको आरोपमा आमा छोरा पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका- २ मर्पेसका ३५ वर्षका रेशम सुनारको हत्या गरेको आरोपमा आमा-छोरालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मृतक सुनारका छोरा १७ वर्षीय शिवराज र श्रीमती ३६ वर्षीया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
डिएसपी गौतमका अनुसार रेशम सुनारलाई कोदालोले टाउकोमा हानी हत्या गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।